विराटनगरलाई हराउदै पथरी भेट्रान्स सेमीफाइनलमा प्रवेश

पथरीशनिश्चरे, ९ कार्तिक । पथरी भेट्रान्सले मिल्स भेट्रान्स विराटनगरलाई शून्यको विरुद्ध २ गोल गर्दै सेमीफाइनलको यात्रा पक्का गरेको छ।
आज शुक्रबार मोरङको पथरीशनिश्चरे -१ जाँते मोडस्थित पथरी रङ्गशालामा सञ्चालन भइरहेको प्रथम वडाध्यक्ष भेट्रान्स पथरी शनिश्चरे गोल्डकप फुटबल प्रतियोगिता अन्त्तर्गत आज सम्पन्न खेलमा पथरी भेट्रान्स एफसीले विराटनगरको मिल्स भेट्रान्स विरुद्ध २ गोल गर्दै सेमिफाइनलको यात्रा तय गरेको हो।
सो प्रतियोगिता अन्तर्गत पूर्वाद्धको १५ औं मिनेटमा आयोजक पथरी भेट्रान्सका विक्रम लिम्बूले गोल पोष्टमा गरेको प्रहारले जाली चुम्दै आफ्नो टिमको खाता खोलेको थियो । निकै प्रतिस्पर्धात्मक प्रतियोगिताको दोस्रो हाफको २२ औँ मिनेटमा पुनस् सोही टिमका सानु राजा ग्लान तामाङले विपक्षी मिल्स भेट्रान्स विरुद्ध अर्को गोल थप्दै २-० अन्तरमा पुर्याए । उनले गरेको गोल २-० गोलको अन्तर नै आफ्नो टिमको शानदार जितको आधार बन्यो । खेल अवधिभर दुवै टिमबाट थुप्रै प्रयासहरु असफल भएका थिए।
आजको खेलमा आयोजक पथरी भेट्टान्सका गोलकिपर याम मगर भेट्रान्स अफ दि म्याच घोषित भए । उनलाई पथरी शनिश्चरे नगरपालिका वडा नं १ का वडाध्यक्ष भीमकुमार राईले प्रमुख अतिथिको तर्फबाट नगद १५ सय सहित मेडल प्रदान गरे ।
सो प्रतियोगिता भरि हल्का वर्षा भएपनि खेल अवरुद्ध नभई सञ्चालन भएको थियो।भोलिको खेल मोरङको साहारा भेट्रान्स र विराट भेट्रान्स टिमबीच भिडन्त हुने आयोजक समितिले जनाएको छ।
हिजोको खेलमा झापाको दुधे भेट्टान विरुद्ध मोरङको उर्लावारी भेट्टान्सले एकको विरुद्ध ३ गोल गर्दै सेमिफाइनलको यात्रा तय गरेको थियो। झापा र मोरङका विभिन्न आठवटा उत्कृष्ट भेटान्स फुटबल क्लबहरूले भाग लिएका छन् । कार्तिक ८ गतेदेखि सुरु भएको सो प्रतियोगिता आगामी कार्तिक १४ गतेसम्म सञ्चालन हुनेछ।
प्रतियोगिताको विजेता टिमले प्रथम पुरस्कार बापत १ लाख १ हजार र उपविजेताले ५५ हजार नगदसहित मेडल ट्रफी र तथा अन्य विधागत पुरस्कार प्रदान गरिदै आएको आयोजक समितिका अध्यक्ष टिकाराम राईले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.