मोबाइल पसलमा आगलागी, करोडको क्षति

दमक, ८ कार्तिक । झापाको दमकस्थित एक मोबाइल पसलमा गएराती आगलागी हुँदा करोड बराबरको क्षति भएको छ । दमक–६ स्थित पशुहाटमा रहेको श्री सरस्वती टेड्रस्मा आगलागी हुँदा त्यहाँ रहेका मोबाइल र ल्याप्टप जलेर नष्ट भएको हो ।
सोमबार राति करिब १० बजे विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीले जनाएको छ । ट्रेर्डसका सञ्चालक अजय दाहालका अनुसार रु एक करोडभन्दा धेरैको क्षति भएको छ । ‘हाम्रो पसल विक्री र मर्मत दुवै हुने पसल हो । पसलमा मोबाइल, ल्याप्टप थियो । कतिपय मर्मतका लागि आएका पनि थिए,’ उनले भने ,‘एउटै काम नलाग्ने गरी जलेर नष्ट भएको छ । मैले १०ः४० मा मात्र आगलागी भएको थाहा पाएँ ।’
आगो रातीनै दमक नगरपालिकाको बारुणयन्त्र,स्थानीयको सहायताले नियन्त्रणमा लिइएको थियो ।

Leave a Reply

Your email address will not be published.