दमक ,८ कार्तिक । जङ्गली हात्तीको आक्रमणमा परेर झापाको मेचीनगरमा एक बालक गम्भिर घाइते भएका छन् ।शनिबार मेचीनगर–२, सरस्वती चोक बस्ने कुमार बास्तोलाका छोरा वर्ष १२ का आराप बास्तोला जङ्गली हात्तीको आक्रमणमा परेर गम्भिर घाइते बनेको बाहुनडाँगीका हात्ती संरक्षणकर्मी शङ्कर लुइटेलले बताए ।
घरनजिकै सडकमा खेल्दै गरेको अवस्थामा जङ्गली हात्तीले आक्रमण गर्दा बालकको घाँटी तथा शरीरमा चोट लागेको हो । घाइते बालकको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ । उनको अवस्था मध्यम रहेको अस्पतालले जनाएको छ ।गाँउमा आएको हात्तीलाई प्रहरी र स्थानीयले जङ्गलतर्फ धपाएको जनाइएको छ ।
प्रहरी चौकी बाहुनडाँगीबाट प्रहरी नायव निरीक्षक दुर्गाबहादुर बस्नेतको कमाण्डमा ४ जनाको टोली खटिएर सो हात्तीलाई धपाइएको थियो ।