संखुवासभाको सभाखोलामा डुबेर दुईजनाको मृत्यु

संखुवासभा, ८ कात्तिक। संखुवासभाको सभाखोलामा डुबेर दुईजनाको मृत्यु भएको छ । गत असोज २८ गते साँझ ५ बजे सभापोखरी गाउँपालिका ५ स्थित सभाखोलामा हामफालेर बेपत्ता भएका ३२ वर्षीय दिनेश बम्जनको शव आज दिउँसो फेला परेको छ ।

अरबिट इनर्जी लिमिटेडद्वारा निर्माणाधीन सभाखोला हाइड्रोपावरमा काम गर्ने कामदार मकवानपुर हेटौडा उपमहानगरपालिका १८ बस्ने बमजनको शव घटनास्थलभन्दा अन्दाजी १ किलोमिटर तल सभाखोलाको बिच ढुंगामा अड्किएको अवस्थामा फेला परेको हो ।

त्यस्तै संखुवासभाको चैनपुर –११ स्थित सभाखोलामा पिकनिक खान आएका एकजनाको डुबेर मृत्यु भएको छ । गएराति ८ः५० बजे धनकुटा छथर जोरपाटी –२ बस्ने २६ वर्षीय मिङमा शेर्पासहित ८ जनाको टोली सभाखोला किनारमा पिकनिक खान आएको थियो । मिङमा शेर्पा खोलामा हात धुने क्रममा खोलाले बगाई बेपत्ता भएका थिए ।

खोजी गर्ने क्रममा घटनास्थलभन्दा करिव २५० मिटर तल खोलाको बिचमा ढुङ्गामा अड्किएको अबस्थामा उनी मृत फेला परेका छन् । दुवै घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.