टिपरको ठक्करबाट स्कुटर चालक महिलाको मृत्यु

मोरङ ,९ कार्तिक। टिफरको ठक्करबाट मोरङको बेलबारीमा एक जना स्कुटी चालक महिलाको ज्यान गएको छ । बेलबारी नगरपालिका -२ किस्तीपुलस्थित पूर्व पश्चिम राजमार्गमा बेलबारीबाट बिराटचोकतर्फ जाँदै गरेको को १ क ३४१७ नम्बरको टिपरले बिपरित दिशाबाट आउदै गरेको को २८ प ६१३२ नं स्कुटरलाई किच्दा धनकुटा ,खुकु घर भई धरान -१५ मा बस्दै आएकी ४३ बर्षिया भिमा राईको ज्यान गएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेर गंभीर घाईते भएकी उनको कोशी अस्पताल बिरानगरमा उपचारका क्रममा मृत्यु भएको हो । प्रहरीका अनुसार विपरित दिशाबाट आउदै गरेको मे १ ख २७९१ नम्बरको बसमा ठोक्किएर लडेकी राईलाई टिपरले किचेर मृत्यु भएको हो । घटनामा संलग्न बसका चालक मेचीनगर -७ का ४० बर्षिय नेत्र दर्जी र बस प्रहरी नियन्त्रणमा रहेको छ ।

Leave a Reply

Your email address will not be published.