धरमपुर,८ कार्तिक । झापाको शिवसताक्षी नगरपालिका वडा न. १ धरमपुरमा यहि कार्तिक १२ देखि २२ गतेसम्म मिनीमेला लाग्ने भएको छ ।
धरमपुर सामुदायिक विकास संस्थाको आयोजनामा हुने मेला धरमपुर चौक उत्तर रहेको रतुवामाई वृक्षरोपण आयोजनाको खाली जमिनमा लाग्ने आयोजक संस्थाले जनाएको छ । धरमपुरमा बिहिबार पत्रकार भेटघाट कार्यक्रम गरि मेलाको तयारीका बारेमा जानकारी दिएको हो ।
संस्थाका अध्यक्ष दुर्गा नेम्वाङ्गका अनुसार मेलामा विभिन्न खेलसहित मनोरन्जनात्मक ,साँस्कृतिक कार्यक्रम हुने छ । सो मेलाबाट प्राप्त रकमले धरमपुर बजारमा सडक बत्तीका साथै सीसी क्यामेरा लगाउने लक्ष्य राखिएको उनले जानकारी दिए ।
संस्थाले स्थापनाकाल देखिनै स्थानीय क्षेत्रमा विभिन्न सामाजिक कृयाकलाप गर्दै आईरहेको छ ।
मेला भव्य र सम्य रुपले सम्पन्न गर्न संस्थाले विभिन्न उपसमितिहरु गठन गरि धमाधम काम गरिरहेको संस्थाका उपाध्यक्ष ज्ञानेन्द्र तिम्सीनाले बताए । उनले मेलाबाट प्राप्त रकमले व्यक्तिगत स्वार्थ नराखी समुदायको विकासमा खर्च गरिने प्रतिवद्धता जनाए ।
मेलामा विभिन्न खेलका साथै मनोरन्जनात्मक सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिनुका साथैं दैनिक राष्ट्रिय तथा स्थानीय कलाकारको आर्कषक प्रस्तुति रहने कार्यक्रम संयोजक शुक्रराज नेम्वाङले जानकारी दिए ।
पत्रकार भेटघाट कार्यक्रममा शिवसताक्षी १ का वडा सदस्य पूर्ण चेम्जोङ, पृथ्वी बोहोरा लगायतको उपस्थिति रहेको थियो ।