कनकाई ,७ कार्तिक । झापाको कनकाईबाट प्रकाशित हुदै आएको कनकाई खबर साप्ताहिकले दशै,तिहार विशेषांकका रुपमा कोशेली नामक म्याग्जिन लोकार्पण गरिएको छ ।कनकाई खबरको आफ्नै कार्यालयमा एक संक्षिप्त कार्यक्रमका बीच म्याग्जिनको संघीय सांसद एलपी साँवा लिम्बूले लोकार्पण गरे । कनकाई खबरका निर्देशक टिकाप्रसाद कट्टेलको अध्यक्षतामा भएको लोकार्पण कार्यक्रममा कनकाई सुरुङ्गा प्रेस क्लवका संस्थापक अध्यक्ष एवं कनकाई खबरका सल्लाहकार सम्पादक पत्रकार तीर्थराज खरेल, ज्येष्ठ नागरिक संघ कनकाई नगर समितिका अध्यक्ष शम्भुप्रसाद पोखरेल, कनकाई वडा न.३ का वडासदस्य अनिल गोयल लगायतले विजया दशमी सहितका चाडपर्वहरुको शुभकामना व्यक्त गर्दै कनकाई खबरको कोशेली पठनीय र जानकारीमूलक रहेको बताए ।
म्याग्जिनको लोकापर्ण गदैं संघीय सांसद लिम्बूले समाजका अग्रज साथै साझा व्यक्तित्वहरुले समाज रुपान्तरणकालागी गरेको प्रयास अत्यन्तै महत्वपूर्ण रहेकाले आगामी दिनमा थप परिस्कृत बन्दै अघि बढ्न सुझाव दिए ।
कार्यक्रमको सहजीकरण गर्दै कनकाई खबरका सम्पादक-प्रकाशक रामप्रसाद निरौलाले सूचना तथा सञ्चारको क्षेत्रमा कनकाई खबरले वार्षिक रुपमा विभिन्न गतिविधि संचालन गर्दै आएको जानकारी दिए ।