-थापासहित ६ जना किटानी जाहेरी
दमक, ७ कात्तिक । जग्गा सम्बन्धि विवादका क्रममा दमकमा मंगलबार दिउँसो हत्या गरिएका झापा, दमक नगरपालिका वडा न. -९ सृजनटोल का ३७ बर्षिय देशु भनिने यामु निरौलाको हत्यामा संलग्नलाई चाँडो पक्राउ गरी कडा कारबाहीको माग गर्दै आज पीडित परिवारले प्रहरीमा ६ जना विरुद्ध किटानी जाहेरी दिएको छ ।
मृतक निरौलाकी श्रीमती कृष्णमाया निरौलाले हत्यामा संलग्न छ जना विरुद्ध इलाका प्रहरी कार्यालय दमकमा कर्तव्य ज्यान कसुरमा सजायको माग गर्दे किटानी जाहेरी दिएकी हुन् । जाहेरी लिन प्रहरी अधिकारीले आनाकानी गरेपछि पीडित परिवारसहित स्थानीयले दिनभरि प्रहरी कार्यालय दमक अगाडी दबाबमूलक प्रर्दशन गरेका थिए ।
दमक- ३ स्थित बेलडाँगी –मधुमल्ला सडकखण्ड अन्तर्गत मावा खोला किनारको जग्गामा विवाद भएको अवस्थामा विवाद मिलाईदिनका लागि मोरङको उर्लाबारी -७ का ४९ वर्षीय ध्रुव गौतमले निरौलालाई बोलाएको अवस्थामा निरौला माथि त्यहाँ आक्रमण भएको जाहेरीमा उल्लेख गरिएको छ ।
पीडितले उहाँहरुसहित दमक- ८ का बुद्धिमान थापा,इटहरीका डेविट घले, संखुवासभा माडी १० घर भई हाल दमक- ३ दुम्से बस्ने २६ बर्षिय गणेश दर्जी र सोहि वडाका ३४ बर्षिय शेरवहादुर नेम्बाङ विरुद्ध किटानी जाहेरी परेको हो । सो घटनाको अनुसन्धानका क्रममा प्रहरीले गौतमसहित उर्लाबारी नगरपालिका- ६ का ४२ वर्षीय प्रकाश कार्कीलाई बुधबार नियन्त्रणमा लिएपनि आरोपी सबैको खोजी कार्य तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक कृष्णकुमार चन्दले बताए ।
मंगलबार दिउँसो अन्दाजी ४ बजे मावा खोलाको पुलमा हत्या गरेको अवस्थामा निरौलाको शव फेला परेको थियो । निरौलालाई उपचारका लागि दमकस्थित आम्दा अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषणा गरेका थिए ।
यसैबीच, नेपाली कांग्रेस, माओवादी केन्द्र लगायतका स्थानीय नेतृत्वले छुट्टाछुट्टै विज्ञप्ति जारी गरि मृतक निरौला हत्याकाण्डमा संलग्न सबैको खोजतलास गरि हदैसम्मको सजाय दिलाउन प्रहरी प्रशासनको ध्यानकर्षण गराएका छन् ।
माओवादी र कांग्रेसले निकालेको विज्ञप्तिमा निरौलाको हत्यामा संलग्न दोषीलाई यथासिघ्र पक्राउ गरी कडा कारबाही गर्नुका साथैं नगरमा शान्ति सुरक्षा मजवुत कायम गराउन प्रहरी प्रशासनको सक्रियता आवश्यक रहेको उल्लेख गरिएको छ ।