झापा, ६ कार्तिक । तीव्र गतीका दुई वटा मोटरसाइकल एकापसमा ठोक्किदा झापाको बाह्रदशीमा एक जनाको ज्यान गएको छ ।बाह्दशी गाउँपालिका वडा नं –६ सिमलचोकस्थित पक्की सडक खण्डमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको मे११प ६२२६ नम्बरको मोटरसाइकल र बिपरीत दिशाबाट आउदै गरेको प १–०१–०१४प ७६४८ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किदा मे११प ६२२६ नम्बरका मोटरसाइकल चालक ३८ बर्षिय कृष्ण थापाको मृत्यु भएको हो ।
आइतबार साँझ करिब ६ बजे भएको सो दुर्घटनामा टाउकोमा चोट लागेर गम्भिर घाईते भएका थापाको उपचारका क्रममा विएण्डसी हस्पिटल विर्तामोडमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख , प्रहरी निरीक्षक नवराज न्यौपानेले बताए ।
दुर्घटनामा संलग्न १–०१–०१४प ७६४८ नं का मोटरसाइकलका चालक बाह्रदशी ५ बस्ने देवीप्रसाद प्रसाईलाई इलाका प्रहरी कार्यालय घैलाडुब्बाले नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।