
इलाम,६ कार्तिक । प्रधानमन्त्री शेरबहादुर देउवा भोलि कात्तिक ७ गते इलाम आउदै छन् । बाढी–पहिरोको क्षति अवलोकन गर्न र सम्भव भए पीडितलाई समेत भेट्ने गरी देउवा इलाम आउन लागेको इलामका प्रमुख जिल्ला अधिकारी धु्रवबहादुर खड्काले बताए । ‘प्रधानमन्त्री देउवाले बाढी–पहिरो प्रभावित क्षेत्रको अवलोकन गर्नुहुनेछ,’ सिडिओ खड्काले भने, ‘मौसमले साथ दिए गरेर पीडितसँगसमेत छलफल गर्नुहुनेछ ।’
प्रधानमन्त्रीले इलाममात्र नभई छिमेकी जिल्लाहरूमा समेत भएको बाढी प्रभावित क्षेत्रको अवलोकन गर्ने बताईएको छ ।
प्रधानमन्त्रीलाई इलाममा भएको घटनाको बारेका जानकारी गराउन साथै घटना भएको स्थलगत अवलोकन गरिदिनका लागि आग्रह गर्न कांग्रेस युवा नेता डम्बर खड्का काठमाडौ पुगेका थिए ।