पाँचथर र ओखलढुंगामा गरि दुई जनाको शव फेला

झापा, ५ कात्तिक । पाँचथर र ओखलढुंगामा गरि दुई जनाको शव फेला परेको छ । प्रहरीका अनुसार पाँचथर याङवरक –६ च्यानडाँडामा एक व्यक्तिको सडेगलेको शव फेला परेको छ ।
आज बिहान ७ः३० बजे स्थानीय धनराज योङहाङको पाखो जंगलमा गणेशचोक बस्ने ४० वर्षीय डम्बरबहादुर राईको सडेगलेको शव फेला परेको हो । मनराज राईले घाँस काटने क्रममा दुर्गन्ध आई हेर्दा शव देखेर अस्थायी प्रहरी चौकी गणेशचोकमा जानकारी गराएका थिए ।
घटनास्थल सुरक्षित राखेको र थप अनुसन्धान तथा कानुनी प्रकृयाको लागि जिल्ला प्रहरी कार्यालय पाँचथरबाट टोली खटिएको जनाइएको छ ।
यसैगरि, गोठ बनाउन गएका ओखलढुंगा खिजिदेम्बाका दुतमान सुनुवारको लडेर मृत्यु भएको छ ।
खिजिदेम्बा–६ एलुङ खोला घर भई हाल मोलुङ– ६ चेप्टेस्थित दाई पर्ने इन्द्रबहादुर सुनुवारको घरमा बस्दै आएका ५० वर्षीय दुतमान सुनुवार शनिवार दिउँसो ४ बजे गाईगोठ बनाउन जान्छु भनी घरबाट हिडेका थिए । राति अबेरसम्म पनि घर फर्की नआएपछि आफन्तले खोजतलास गर्ने क्रममा आइतवार विहान ९बजे घरदेखि ४ सय मिटर पश्चिमपट्टि बाटोभन्दा ६ मिटर मुनि लडेर मृत अवस्थामा फेला परेका थिए ।
घटनास्थल सुरक्षित राखिएको र आवश्यक अनुसन्धान तथा कानुनी प्रकृयाका लागि इलाका प्रहरी कार्यालय बरुणेश्वरबाट टोली खटिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.