कमल,३ कार्तिक । नेपाल रेडक्रस सोसाईटी कमल उपशाखाले शुक्रवार विभिन्न कार्यक्रम गरि ११ औ बार्षिक साधारणसभा सम्पन्न गरेको छ ।कमल ५ मंगलवारेस्थित रेडक्रसको आफनै नवनिर्मित सभाहलमा तीन जना अग्रजलाई सम्मान, सभाहलको उद्घाटन गरि साधारणसभा सम्पन्न गरिएको सचिव पारषमणि राईले बताए ।
गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईको प्रमुख आतिथ्यता तथा पालिकाकी उपाध्यक्ष प्रर्मिला न्यौपाने तिवारी, रेडक्रस झापाका सभापति लोकराज ढकालको विशष्ट आतिथ्यतामा भएको साधारणसभा उद्घाटनमा रेडक्रस कमलका संस्थापक सदस्य डम्बरकुमार राई, पूर्व सदस्य कमल राज संग्रौला र एम्बुलेन्स चालक प्रकाश थापालाई सम्मान गरिएको थियो । रेडक्रस कमल उपशाखामा पुरयाँएको योगदानको कदर गदैं दुवै सदस्यलाई दोसल्ला तथा सम्मानपत्रसहित सम्मानित गरिएको थियो भने उत्कृष्ठ एम्बुलेन्स चालकका रुपमा थापालाई नगद रु ५०००सहित सम्मानपत्रद्धारा सम्मानित गरियो ।
यसैगरि, कमल उपशाखाको नवनिर्मित सभाहलको पालिका अध्यक्ष राईले उद्घाटन गरे । सभाहल पालिकाको रु २० लाख आर्थिक सहयोगमा निर्माण भएको सचिव पारषमणि राईले बताए ।
सोहि अवसरमा रेडक्रस उपशाखामार्फत ३५ जना यशस्कर सदस्य, ३६ विशिष्ट सदस्यलाई समेत प्रमाणपत्र प्रदान गरिएको थियो ।
रेडक्रस कमल उपशाखाका सभापति चन्द्र साहको अध्यक्षतामा भएको साधारणसभामा कमलका प्रमुख प्रशासकीय अधिकृत राजकुमार शाक्य , कमल ५ का वडाअध्यक्ष लाल बहादुर बिष्ट,नेरेसो झापाका कोषाध्यक्ष ओमप्रकाश गौतम , कमल नगर जेसीज अध्यक्ष रिजु कार्की, प्याव्सन झापाका अध्यक्ष गौरीमान फागो, रेडक्रस कमलका सल्लाहकार डम्बर बहादुर निरौला, पूर्व सल्लाहकार नित्यानन्द ताजपुरिया र दिलीप राई लगायतको उपस्थिति रहेको थियो । सभामा रेडक्रस सचिव राई र कोषाध्यक्ष प्रमोदकुमार दाहालले प्रस्तुत गरेका कार्य प्रगति प्रतिवेदन तथा आर्थिक प्रतिवेदन बन्दसत्रले पारित गरिएको थियो ।
त्यस्तै, रेडक्रस कमल उपशाखाले विभिन्न कार्यक्रम सञ्चालनका लागि सघाउँ पुरयााउने उद्देश्यले स्थानीय सगुन युवा क्लबलाई एकथान पोडियम समेत हस्तान्तरण गरिएको थियो ।