डुडामारी,३ कार्तिक। झापाको शिवसताक्षी -८ स्थित डुडामारी बजारमा बिहीवारदेखि हाउजीसहित मिनिमेला सुरु भएको छ ।मेलाको वडाअध्यक्ष सन्तकुमार फेवदिनले उद्घाटन गरे । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले मेलालाई सफल बनाउन आफ्नो तर्फबाट साथ सहयोग रहने बताए ।
मिनीमेला उद्घाटन कार्यक्रममा जन आस्था साकोसका अध्यक्ष जयश्वर आङ्देम्बे,सचिब तथा ब्यबसायी गङ्गाप्रसाद ओझा,डुडामारी समाजसेवी क्लबका सचिव कमलप्रसाद पौड्याल,झिलझिले बजार ब्यबस्थापन समितिका अध्यक्ष बजरङ अग्रवाल, बालसेवा आधारभुत बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष तथा सञ्चाररकर्मी गोबिन ल्वागुन, शिवासताक्षी नगरपालिकाका पूर्व नगर प्रमुख चन्द्रकुमार सेर्माले आआफ्नो धारणा सुझाव सहित कार्यक्रम सफलताको शुभकामना मन्तव्य बोलेका थिए ।
बडादशै,दिपावाली तथा छैट पर्वको अवसर पारेर आयोजना गरिएको मेलाको मुनाफाले बजार बिकासमा खर्च गरिने बजार ब्यबस्थापन समितिका अध्यक्ष बिक्रम नेम्बाङले बताए ।उनका अनुसार यश मेलाले चारै तिर छरिएर रहेका मनिसहरुलाइ एकीकृत गरि सांगीतिक मनोरञ्जन दिलाउनुको साथै हाउजी खेलाएर साउजी बनाउनु रहेको बताएका छन्।
उद्घाटन कार्यक्रमको सञ्चालन बजार ब्यवस्थापन समितिका सचिब बिक्रम नेम्बाङले गरेका थिए ।
डुडामारी बजार ब्यबस्थापन समितिको आयोजना भएको मेलामा स्थानीय लिजार्ड ब्याण्ड्को साङ्गीतिक प्रस्तुति समेत रहेको थियो । ब्याण्डले यो कस्तो यात्रा रहेछ ,सोमबारे बजार झिलझिले लगायतका एक दर्जन बढी विभिन्न मिठास गितहरु प्रस्तुति दिएका थिए । ब्याण्ड्को साङ्गीतिक प्रस्तुतिमा सहभागि दर्शकहरु गित संगै छमछ्मी नाचेका थिए ।उद्घाटन कार्यक्रमको अन्तिम भागमा हाउजी खेल भएको थियो उक्त खेलमा इलाम दानाबरी हाल बिकास चोकमा बस्दै आएका शारश लिम्बूले हाउसफुल जित्न सफल भए संगै नगद ५०हजार प्राप्त गरे ।मिनिमेला पूर्णिमाको दिन सम्म सञ्चालन हुने आयोजकले जनएको छ ।