दमक ९ पूर्वेली टोलबासीले बाम लोकतान्त्रिक गठबन्धनलाई मतदान गर्ने

दमक , ३ कात्तिक । दमक ९ स्थित पूर्वेली टोलका बासिन्दाले आज बिहान बाम लोकतान्त्रिक गठबन्धनका उम्मेद्वारहरुलाई टोलमै बोलाएर आफ्नो टोलका समस्या राखेका छन् । आगामी निर्वाचनमा आफूहरुले मत दिने तर निर्वाचन जितेपछि पनि गाउँ टोलका समस्यामा आईदिन आग्रह सहित उम्मेद्वारहरुलाई बोलाएको टोल बिकास संस्थाका अध्यक्ष उमानाथ न्यौपानेले बताए ।
बिगतका उम्मेद्वारहरुलाई भोट माग्न आउँदा मात्रै गाउँमा देखेको तर निर्वाचित भएपछि कहिल्यै नदेखिएको भन्दै अध्यक्ष न्यौपानेले गठबन्धनका प्रतिनिधिसभाका उम्मेद्वार डा. खगेन्द्र पाण्डव अधिकारी र प्रदेश ख का उम्मेद्वार गगन पुरीलाई बोलाएर आफ्ना समस्या राखेको बताए ।
टोलबासीले प्रतिनिधिसभा र प्रदेशसभमानै गठबन्धनका उम्मेद्वारलाई मतदान गर्ने तर आपूmहरुका समस्या पनि सुनिदिनु पर्ने बताएका थिए । टोल भित्रका २८ वटा शाखा बाटोहरुको स्तर बृद्धि गर्नु पर्ने, टोलमा प्रवेशद्वार निर्माण गर्नु पर्ने लगायतका समस्याहरु राखिएको टोल बिकास समितिका सल्लाहकार संयोजक गणेश श्रेष्ठले बताए ।

टोलका बासिन्दाले भेट गर्न बोलाएकोले आफुहरु पुगेको प्रतिनिधिसभाका उम्मेद्वार डा. अधिकारीले बताउनु भयो । अहिले निर्वाचनका बेला आफुहरुले कुनै पनि आश्वासन नबाँढ्ने तर टोलबासीले भनेका समस्याहरु भोली समाधान गर्ने प्रतिबद्धता जनाएको बताए ।

Leave a Reply

Your email address will not be published.