राजनीतिक विकृति विरुद्ध मेरो उम्मेदवारी : खनाल

दमक, ३ कार्तिक । झापा क्षेत्र न. ५ प्रतिनिधिसभा सदस्यका स्वतन्त्र उम्मेदवार रेवतीरमण खनालले राजनीतिक विकृति विरुद्ध आफूले उम्मेदवारी दिएको बताएका छन् । घण्टाघर चुनाव चिन्ह लिएर चुनावी मैदानमा उत्रिएका खनालले नेपाली राजनीति विकृति वन्दै गएकाले त्यसलाई चिर्न आफूले उम्मेदवारी दिएको वताए ।

संघीयता ,समानुपातिक निर्वाचन प्रणालीको खारेजी तथा विदेशमा रहेका नेपालीलाई मतदान दिने व्यवस्था गरिनु पर्ने भन्दै आफूले उम्मेदवारी दिएको उनको भनाई छ ।
उनले संघीयताले खर्च मात्र बढाएको वरु स्थानीय तहलाई अझ अधिकारसम्पन्न बनाउन सके देशमा बिकाससंगै शुसासन कायम गर्न सहयोग पुग्ने बताए ।
जनताका मूलभूत यी मुद्दा उठाएर यस क्षेत्रबासीको वीचमा आफूलाई जिताउन अपिल गरिआएको उम्मेदवार खनाल बताउँछन् ।
लामोसमयदेखि पत्रकारितामा क्रियाशील खनालले स्थानीय विकास निर्माण भन्दा देशलाई कंगाल बनाउन राजनीतिक दलहरु सक्रिय रहेकाले आफू निर्वाचित भए देशमा बढ्दै गएको भ्रष्टाचार नियन्त्रण गर्न लागिपर्ने बताएका छन् ।
कृषि क्षेत्रलाई अग्र्यानिक बनाउँने र मल विऊ विजन तथा कृषि उपजको उचित बजार ब्यवस्थापन गर्नुकासाथै बढ्दो बेरोजगारी समस्याको समाधानमा पहल गर्ने मुख्य एजेण्डाको रुपमा अघि सारेको पनि उनले बताएका छन् ।

 

Leave a Reply

Your email address will not be published.