विपत्तिमा परेका किसानलाई राहत दिन कांग्रेसको माग

दमक,३ कार्तिक । नेपाली कांग्रेस दमकले पहिरो लगायतका विपत्तिमा परेका किसानलाई त्तत्काल राहत दिन स्थानीय सरकारसंग माग गरेको छ ।
कांग्रेस दमकका सभापति प्रकाश प्रसाई नेतृत्वको टोलीले आज नगरपालिकामा पुगेर बाढीपहिरो, कटान लगायतका विपत्तिमा परेर मारमा परेका किसानलाई उचित राहत उपलव्ध गराउन माग गरेका हुन् । केहिदिन यता परेको अविरल बर्षाले किसानका धानबालीमा क्षति पुगेको भन्दै त्यस्ता किसानहरुलाई उचित राहत प्रदान गर्न माग गरिएको कांग्रेस दमक नगर सचिव दिपेश दाहालले बताए ।

उक्त ज्ञापन पत्र नगरपालिकाका तर्फबाट प्रमुख प्रशसाकीय अधिकृत गणेश प्रसाद तिम्सीनाले बुझदै कांग्रेसले उठाएका मागका बिषयमा स्थानीय सरकार गंभीर भएको उल्लेख गरे ।
ज्ञापन पत्र बुझाउन कांग्रेस नगर सभापति प्रसाईसहित,सचिवद्धय आरसी अधिकारी, दिपेश दाहाल लगायतका रहेका थिए । कांग्रेसले विकास निर्माणका कार्यलाई थाती राखेर भएपनि विपत्तिमा परेका किसानलाई राहत दिन तथा त्यसमा आवश्यक सहयोग चाहिए पार्टीले सदैव साथ दिने उल्लेख गरेको छ ।

Leave a Reply

Your email address will not be published.