गौरीगञ्जमा रक्तदानसहित शुभकामना आदानप्रदान

गौरीगञ्ज ,२ कार्तिक। तिहार तथा छठ पर्वको अवसरमा आज गौरीगञ्जमा शुभकामना आदानप्रदान तथा साँस्कृतिक कार्यक्रम सहित रक्तदान कार्यक्रम सम्पन्न भएको छ । झापा उद्योग वाणिज्य संघ गौरीगञ्जको आयोजनामा भएको कार्यक्रममा शुभकामना आदानप्रदान तथा बिभिन्न साँस्कृतिक प्रस्तुतिहरु प्रदर्शन सहित रक्तदान कार्यक्रम गरिएको थियो ।
संघका अध्यक्ष मखना महतोको अध्यक्षतामा सम्पन्न भएको रक्तदान कार्यक्रममा ३६ पिन्ट रगत संकलन भएको थियो । रक्तदानमा स्थानीय युवा, कर्मचारी तथा सुरक्षाकर्मीहरुको सहभागिता रहेको संघका अध्यक्ष मखना महतोले जनाएका छन् ।
कार्यक्रममा गाउँपालिकाकी अध्यक्ष फुलबती राजवँशी , गाउँपालिकाका पूर्व उपाध्यक्ष दिपेन्द्र थापा, ईलाका प्रसाशन कार्यालय गौरीगञ्जका प्रमुख चुडामणि आपागाई, इलाका प्रहरी कार्यालय गौरीगञ्जका प्रमुख जितेस दाहाल, बिओपी खजुरगाछीका प्रमुख केदार जँग थापा लगायतको उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published.