दमक, २ कार्तिक । सवारी दुर्घटनामा परेर झापाको भद्रपुरमा एक जनाको ज्यान गएको छ ।बुधवार बेलुका भद्रपुर नगरपालिका वडा नं ८ स्थित नमुना टोल नजिकै मे ७ प ७७२४ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक ५१ वर्षीय योगप्रसाद लिम्बूको ज्यान गएको हो ।
मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएपछि गम्भीर घाइते बनेका भद्रपुर -१ का लिम्बूलाई उपचारका लागि ओमसाइ पाथीभरा अस्पताल पुर्याउन साथ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।