बाम -लोकतान्त्रिक गठबन्धनका साझा उम्मेद्वारलाई जिताउन आग्रह

दमक, २ कात्तिक । कांग्रेस नेतृत्वको बाम- लोकतान्त्रिक गठबन्धनले आज दमक वडा नम्बर २ र ७ मा वडा स्तरिय कार्यक्रम सम्पन्न गरेको छ । गठबन्धनबाट झापा क्षेत्र नम्बर ५ प्रदेश सभा (ख ) का उम्मेद्वार गगन पुरी, प्रतिनिधिसभा तर्पmका कांग्रेस समानुपातिक उम्मेद्वार अईन्द्र बिक्रम केरुङ सहित नेता तथा कार्यकर्ताहरुको भेलामा वक्ताहरुले बिगतमा भएका निर्वाचनको समिक्षा गर्दै गठबन्धनका उम्मेद्वारलाई जिताउन लाग्नु पर्ने बताएका छन् ।
कार्यक्रममा उम्मेद्वार केरुङले गत स्थानीय तहको निर्वाचनमा गठबन्धनले मुल नेतृत्व जिते पनि वडामा पराजित हुनु परेको बिषयमा भएका कमजोरीहरु सच्याउँदै आगामी निर्वाचनको तयारी गर्नु पर्ने जोड दिए । गठबन्धनमा एक अर्कामा आशंका नगरी प्रतिबद्ध भएर निर्वाचनमा जानु पर्ने उनको भनाई थियो । कार्यक्रममा प्रदेश (ख) का उम्मेद्वार पुरीले निर्वाचन चिन्ह जुन भए पनि गठबन्धनमा रहेपछि एउटै साझा लक्ष हुने भएकोले आशंका नगरी अघि बढ्नु पर्ने बताए । बिगतमा केहि कमजोरी भएका भए पनि आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा यस क्षेत्रबाट उम्मेदवार डा.खगेन्द्र पाण्डव अधिकारी सहित सबै उम्मेद्वार निर्वाचित हुने विश्वास आफुमा रहेको पुरीले बताए। गठबन्धनले दमकका १० वटै वडामा वडास्तरिय कार्यकर्ता भेला आयोजना गरिआएको छ ।

Leave a Reply

Your email address will not be published.