झापा, २ कात्तिक । झापाको शिवसताक्षीमा बुधबार दिउँसो मलामी बोकेर कुञ्जिबारी जाँदै गरेको बस दुर्घटना हुदाँ २८ जना घाईते भएका छन् ।पूर्वपश्चिम राजमार्ग अन्तर्गत शिवसताक्षीको वडा नम्बर ९ झरना पुल नजिक भएको दुर्घटनामा परेर २८ जना घाइते भएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ । त्यसमध्ये तीन जनाको अवस्था गम्भीर छ ।
प्रहरीका अनुसार कनकाई नदीको मुक्तिघाटमा शवको दाहसंस्कार सकेर मलामी लिएर फर्किँदै गरेको ना ७ ख २६५१ नम्बरको बस दुर्घटनामा परेको थियो । मलामी बस राजमार्ग दक्षिण किनारको रुखमा गएर ठोकिएको थियो । सोही दिशाबाट आउँदै गरेको अर्को बसलाई जोगाउन खोज्दा मलामी बोकेको बस राजमार्ग दक्षिण रुखमा ठोकिएको स्थानीयबासीले बताएका छन् ।
मलामी बोकेको बस चालकले जोगाउन खोज्दा दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइते सबैको उपचारका लागि बिर्तामोड लगिएको छ ।