दमक,२ कार्तिक । नेपाली कांग्रेसबाट झापा क्षेत्र न. ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार डा.खगेन्द्र पाण्डब अधिकारीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आफूसंग ‘डिवेट’ गर्न चुनौती दिएका छन् ।
उम्मेदवार अधिकारीले सामाजिक सञ्जालमार्फत आफू ओलीसंग जुनसुकै बिषयमा डिवेट गर्न तयार भएको उल्लेख गरेका छन् । एमाले अध्यक्ष ओली र आफू यसै क्षेत्रका प्रतिष्पर्धी उम्मेदवार भएकाले क्षेत्रका समस्या, एजेण्डाका बिषयमा डिवेट गर्न तयार भएको उनले बताएका छन् ।
उनले भनेका छन् , –‘ओली जी, किन टाढाका ब्यस्त नेतासँग अनलाइनमा दोहोरी खेलेर समय बर्वाद गर्न चाहनुहुन्छ ? कुन बिषयमा, कति समय डिवेट गर्ने हो ? आउनुस,जुममा होईन लाईभ मै दमकमै बसेर आमने सामने टेवल टक गरौ । म टेबलटक मात्रै हैन निर्वाचनमा टक्कर गर्न र यसपटक तपाईलाइ परास्त गर्न तपाईकै क्षेत्रमा खडा भएको छु ।’
दुई दिन आफनो सामाजिक सञ्जालमा ओलीले कांग्रेस अध्यक्ष समेत रहेका प्रधानमन्त्री शेरवहादुर देउवालाई डिवेट गर्न चुनौती दिएका थिए । आफना पार्टी अध्यक्ष विरुद्ध बहस गर्न ओलीले चुनौती दिए पछि यस क्षेत्रका कांग्रेस उम्मेदवार डा.अधिकारीले त्यसको जवाफ दिदै थप चुनौती दिएका हुन् ।