कांग्रेस दमक ५ द्धारा शुभकामना आदानप्रदान कार्यक्रम

दमक,२ कार्तिक । नेपाली काँग्रेस वडा समिति दमक- ५ वडा समितिले आज वडादशै,दिपावली, छैठ तथा नेपाल सम्बतको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।दमक- ५ स्थित कांग्रेस दमक नगर समितिको कार्यालयमा आयोजित कार्यक्रममा पार्टी आवद्ध नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । उजीहरुले नेपालीका दशैतिहार लगायतका महान चाडपर्वहरु सांस्कृतिक संरक्षण,एकताका लागि उपयोगी बनाउनु पर्ने जोड दिए ।
वडा सभापति चैतन्य बरालको अध्यक्षता भएको सो कार्यक्रममा क्षेत्रीय सभापति ढुण्डीराज भण्डारी,दमक नगरपालिकाकी उप प्रमुख तथा कोशी प्रदेश सदस्य रेगिना भट्टराई प्रसाई,प्रदेश (ख ) सभापति रवि केसी,उपसभापति सुरेन्द्र कटुवाल,नगर सभापति प्रकाश प्रसाई तथा जिल्ला सदस्य पर्शुराम रिजालले पार्टीको वर्तमान गतिविधिका विषयमा चर्चा गरेका थिए ।

Leave a Reply

Your email address will not be published.