उद्दार टोलीले कोशी प्रदेशबाट ४४ जनाको उद्धार

झापा , २ कार्तिक । मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा सुरु भएको मेचीमहाकाली राष्ट्रिय उद्धार यात्राअन्तर्गत बिहीबार १६ जनाको उद्धार गरिएको छ ।
३२ दिनसम्म सञ्चालन हुने उद्धार यात्राका क्रममा बिहीबार उदयपुर जिल्लाका विभिन्न स्थानहरुबाट १६ जनाको उद्धार गरिएको हो । जसमध्ये बेलका नगरपालिकाबाट ६ जना, चौदन्डीगढी नगरपालिकाबाट ७ जना, त्रियुगा नगरपालिकाबाट १ जना, कटारी नगरपालिकाबाट २ जना गरि १६ जनाको उद्धार गरिएको हो ।उद्धार गरिएका ८ जना पुरुष र ८ जना महिलालाई आश्रमको विराटनगर शाखामा लगिएको छ ।
उद्धार टोली बिहीबार उदयपुर जिल्लाको विभिन्न ठाउँहरुमा बेवारिसे अवस्थामा रहेका मानवहरुको उद्धार सेवाामा खटिएको हो ।असोज २८ गतेबाट पूर्वको मेचीनगरनगर नगरपालिकाबाट सुरु भएको यात्राको चौथोदिन कार्तिक १ गतेसम्मको अवधिमा उदयपुरको गाईघाटसम्म आइपुग्दा कोसी प्रदेशबाट ३५ पुरुष र ९ महिला गरी ४४ जनाको उद्धार गरिएको हो ।
यात्राको पहिलो दिन मेचीनगर नगरपालिकाबाट ४ जना, बिर्तामोड नगरपालिकाबाट २ जना, कन्काई नगरपालिकाबाट २, शिवसताक्षी नगरपालिकाबाट २, दमक नगरपालिकाबाट २ गरि झापाबाट १२ जनाको उद्धार गरिएको थियो ।

त्यस्तै यात्राको दोस्रो दिन बेलबारी नगरपालिकाबाट २ जना, ग्रामथान गाउँपालिकाबाट १ जना र विराटनगर महानगरपालिका १ गरि मोरङ जिल्लाबाट ४ जना र तेस्रो दिन दुहबी नगरपालिकाबाट १ जना, इटहरी उपमहानगरपालिकाबाट ७ जना, धरान उपमहानगरपालिकाबाट ४ जना गरि सुनसरी जिल्लाबाट १२ जना र आज उदयपुर जिल्लाबाट १६ गरि कोसी प्रदेशअन्तर्गत ४४ जना सडकआश्रित मानवहरुको उद्धार गरिएको मानपसेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले बताए । शुक्रबार मधेश प्रदेशका जिल्लाका सडकपेटी तथा सार्वजनिक स्थलमा कष्टकर जीवन बिताउन बाध्य भएका मानवहरुको उद्धार गरिने कार्यक्रम रहेको छ ।

उद्धार यात्रामा वरिष्ठ गायिका तथा समाजसेवी आनी छोइङ डोल्मा , आश्रमका अध्यक्ष रामजी अधिकारीसहित ४७ जना स्वमसेवक परिचालित छन् ।

मानवसेवा आश्रमले सातै प्रदेशका १९ वटा जिल्लामा २५ वटा सेवाकेन्द्र विस्तार गर्दै सहयोगापेक्षी सडकआश्रित मानवहरुको उद्धार, उपचार, संरक्षण तथा सुन्दर पारिवारिक पुनर्मिलन गराउदै विगत १२ वर्षदेखि मानवीयता प्रबद्र्धनमा महत्वपूर्ण भूमिका खेल्दै आएको गैरनाफामूलक सामाजिक संस्था हो ।

 

Leave a Reply

Your email address will not be published.