प्रथम नागरिकको स्थापना दिवसमा दिपप्रज्जवलन

दमक,१ कार्तिक । दमकको प्रथम नागरिक धिमाल ब्यवस्थापन समितिको छैठौं स्थापना दिवसको अवसर पारेर दमकमा दिप प्रज्जवलनसहित अन्तरकृया गरिएको छ ।दमक नगरपालिकाका प्रमुख रामकुमार थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा धिमाल समुदायका अगुवासहित सर्वसाधारणको उपस्थिति रहेको थियो ।
प्रथम नागरिक धिमाल ब्यवस्थापन समिति दमकका अध्यक्ष तेजबहादुर धिमालको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख थापाले दमकको निर्माण गर्ने धिमाल समुदायको जीवनस्तर उकास्न नगरपालिकाले बिभिन्न कार्यक्रमहरु सञ्चालन गरिआएको बताए । दमकको प्रथम नागरिक भएर पनि धिमाल समुदाय पछि पर्नु बिडम्बनाको बिषय भएको भन्दै उनले यस अघिका नेतृत्वले धिमाल समुदायलाई चुनावका बेला उपयोग मात्रै गरेकाले यस्तो भएको उल्लेख गरे ।
कार्यक्रममा प्रथम नागरिक धिमाल ब्यवस्थापन समिति दमकका सल्लाहकार समितिका संयोजक रामबहादुर धिमाले आजको दिन आफुहरुका लागि गौरवको दिन भएको बताए । उनले सामुदायिक एकतालेनै सफलतामा पुर्याउने जोड दिए ।
औपचारिक कार्यक्रमपछि सामूहिक रुपमा दिप प्रज्जवलन गरि स्थापना दिवस मनाईएको समितिका सचिव रत्न धिमालले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.