गौरादहमा आफैले गोली हानेर आत्महत्या

गौरादह, १ कार्तिक । आफैँले बोकेको पेस्तोलबाट गोली हानेर झापाको गौरादहमा आज साँझ पूर्व शसस्त्र प्रहरीका एक जवानले आत्महत्या गरेका छन् । गौरादह नगरपालिका वडा न. ८ बैराती स्कुल अगाडी सोहि वडाका अन्दाजी ३५ बर्षिय बिरन साहले आंफैले गोली हानी आत्महत्या गरेका हुन् ।
मृतकले आफ्नै घरको आँगन बाहिर भतिज हेमराज साह माथि गोली प्रहार गरि घर नजिकको पैनीसंगै रहेको बाँस झ्याङमा पुगेर आफैंलाई कन्चटमा गोली हानी आत्महत्या गरेको वार्ड न.८ का वडाअध्यक्ष गणेश राजवंशीले बताए ।
ढाँडमा गोली लागेका अन्दाजी १३ बर्षिय घाइते हेमराजलाई थप उपचारका लागि विर्तामोडस्थित बिएण्डसी अस्पताल लगिएको र उनको अवस्था खतरामुक्त रहेको उनका काका बिष्णु साहले बताए ।
मृतकको साथबाट ११ राउण्ड गोली समेत बरामद भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख विश्वमणी पोखरेलले जानकारी दिए । घटनाको प्रारम्भिक विवरण अनुसार आर्थिक लेनदेनका कारण उक्त घटना भएको खुल्न आएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.