कमलमा वडास्तरिय फुटबल : कमल- ५ विजयी

कमल,३० असोज । झापाको कमल गाउँपालिकामा सञ्चालित चौथो अन्तर वडास्तरीय नकआउट फुटबल प्रतियोगिता–२०८०को मंगलवार सम्पन्न खेलमा कमल -५ विजयी भएको छ ।खेलमा वडा न ७ लाई २–० को अन्तरले पराजित गदैं वडा न ५ विजयी भएको छ । आजको खेलमा विजयी टिकमा खेलाडी येनुस मगर म्यान अफ दि म्याच भएका छन् । उनले आफनो टिमलाई जित दिलाउन २ गोल गर्न सफल भएका थिए ।
आयोजक कमल गाउँपालिका खेलकुद विकास समितिका सदस्य बिक्रम निरौलाका अनुसार भोलि बुधबारको खेल वडा नम्बर ३ र ४ का बीच हुने छ ।
कमल वडा नम्बर ७ विष्णुकठ्ठास्थित सिंहदेवी आधारभुत विद्यालयको खेल मैदानमा शुरु प्रतियोगिताको फाइनल खेल आगामी कार्तिक ४ गते हुने खेल संयोजक तेजकुमार राईले बताए ।
प्रतियोगितामा विजेता, उपविजेता टिमलाई क्रमशः ४० हजार र २५ हजार ,ट्रफि तथा प्रमाणपत्र प्राप्त गर्ने छन् । गाउँपालिकाको सहयोगमा शुरु भएको प्रतियोगिता २९ असोजदेखि शुरु भएको हो । प्रतियोगितामा कमलका ७ वटै वडाको सहभागिता रहेको छ ।

Leave a Reply

Your email address will not be published.