त्रिवेणी अपाङ्ग तथा महिला बहुउद्देश्यीय सहकारीको नेतृत्व चयन

दमक, ३० असोज । अपाङ्गता भएका व्यक्ति र न्यूनआय भएका महिलाहरूको अगुवाईमा दमक८ मा सञ्चालित त्रिवेणी अपाङ्ग तथा महिला बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड  नेतृत्व चयन भएको छ ।
संस्थाको हालै सम्पन्न २१ औ बार्षिक साधारणसभाको चुनावी कार्यक्रमबाट पुनः मदनकुमार बोहोराको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरिएको छ ।सर्वसम्मत निर्वाचित समितिको उपाध्यक्षमा मनमाया तिम्सिना र सदस्यहरुमा सरस्वती नेपाल, उमाकान्त ढुङ्गाना, इन्दु न्यौपाने, टीका बराल, देविबहादुर बस्नेत, गणेश बोहोरा, रमेश रिजाल चुनिएका छन् ।
यसैगरि, खगेन्द्रबहादुर भट्टराईको संयोजकत्वमा सबिन रिजाल र मिना धिमाल रहेको तीन सदस्यीय लेखा समिति समेत सर्वसम्मत चयन गरिएको अध्यक्ष बोहोराले बताए ।२०५८ सालमा मासिक पाँच रूपयाँ बचतबाट शुरु गरिएको दमक ८ मा सञ्चालित यस संस्थाले आज ४ करोड भन्दामाथी कारोबार गरेको र ४६४ भन्दा धेरै सेयर सदस्यहरू आवद्ध भएको उल्लेख छ ।

Leave a Reply

Your email address will not be published.