बिर्तामोड ,३१ असोज । झापाको बिर्तामोड–२ स्थित बेलडाँगीमा दुई वटा मोटरसाईकल एकापसमा दुर्घटना हुदाँ २ जनाको ज्यान गएको छ भने २ जना गम्भीर घाइते भएका छन् । आज साढे ४ बजे दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किएका थिए ।
चारपाने–राजगढ सडक खण्डमा भएको मोटरसाइकल दुर्घटनामा घाइते दुवै चालकको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।
दक्षिणबाट उत्तर तर्फ आउँदै गरेको मे ५ प १६०४ र विपरित दिसाबाट जादैं गरेको मे ३ प ५५८० को मोटरसाइकल एक आपसमा ठोक्किएका थिए । १६०४ का चालक बाह्रदशी–६ का ४३ वर्षीय भोलाराज भुजेल र ५५८० का चालक बाह्रदशी–२ का २५ वर्षीय अनिस साउदेनको मृत्यु भएको झापा ट्राफिकले जनाएको छ ।
भुजेलको श्रीमति चन्द्रकला र छोरी प्रशन्ना गम्भीर घाइते भएका छन् । उनीहरुको खुट्टा भाँचिएको छ । उनीहरुको उपचार भइरहेको प्रहरीको भनाई छ ।