गुरु ‘सेइङ’ले भने, –‘एकपटक आङ्बो मुख्यमन्त्री हुनैपर्छ’

माङ्सेबुङ,३१ असोज । किरात धर्मगुरु मुहिङगुम अङ्सीमाङ आत्मानन्द सेइङले प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो एकपटक मुख्यमन्त्री भएर छाड्ने बताएका छन् ।
इलामको माङ्सेबुङ ५ स्थित गुरुनीजि आश्रम लारुम्बामा शुक्रबार मन्त्री आङ्बो, माओवादी केन्द्र प्रदेश १ कमिटी कोषाध्यक्ष गगन पुरी , प्रदेश सदस्य तथा इलाम जिल्ला सहइन्चार्ज हर्कबहादुर लावती कान्छा ,मिक्लाजुङ गाउँपालिका अध्यक्ष अमरराज माखिम लगायत गुरु भेटदर्शन क्रममा आशिर्वाद प्रदान दिदै धर्मगुरु आत्मानन्द लिङदेन (सेइङ ) ले सो विचार बताएका हुन् ।
उनले भने, ‘ आङ्बोलाई मुख्यमन्त्री हुने संयोग छ ,यदि उहाँ आउनु भएन भने यस क्षेत्रको विकासका मुद्या मात्र होइन्, आदिवासी जनजातिको अधिकार झनै स्थापित हुने अवस्था नआउन सक्छ । ’ ८० प्रतिशत जनजातिको अधिकार यो राज्यले अझैसम्म सम्बोधन नगरेको उनको टिप्पणी थियो ।
आदिवासी जनजातिको अधिकार माथि राज्यले ध्यान पुरयाँउन नसकेको गुनासो गर्दे गुरु सेइङले भने , –‘जुनसुकै पार्टी आएपनि हामी होमिएको ठाउँ छैन । नपुगेको ठाउँ पनि छैन । नेपालमा आदिवासी जनजातिले सबै पार्टीको झोला बोकेका छन् । माओवादी आयो बन्दुक बोक्यौ मरेको छौ तर, अधिकार खोइ त ?’
गुरुले भने, –‘ आज आशीर्वाद माग्नु आउनुभएको छ । दियोवत्ती साक्षी छ , तपाईंहरुले पाउनु हुन्छ । मुख्यमन्त्रीको दाबेदार समेत रहेका आङ्बोलाई हाम्रो भक्तजनबाट र जनजाति सबै समुदायबाट राम्रो सहयोग हुने छ । ’
दमकबाट माङ्सेबुङसम्म केवलकार बनाउनु पर्छ भनेर धेरैपटक कुरा उठाएको भन्दै उनले पुँजीपति तथा विदेशी दातृ संस्थाबाट नभए सरकारको सहयोगबाट पनि गर्न सकिने भएकाले त्यसतर्फ ध्यान दिन आग्रह गरे । गुरुदर्शन गर्न आउने भक्तजनहरुलाई बाटोका कारण असुविधा झेल्नु परेको भन्दैं उनले भोलि यहाँ त विदेशी नेताहरु आउन सक्छ । त्यसको लागि यस क्षेत्रमा बस्नका लागि सुविधा र सुरक्षाको व्यवस्था गर्ने सम्बन्धि ध्यान दिनु पर्ने औल्याए ।

किरात धर्मगुरु गुरु नीजि आश्रम माङ्सेबुङ – ५ लारुम्बा अवस्थित गुरु दर्शनालयमा सम्पन्न भएको थियो । कार्यक्रम किरात साम्यो नालीफूङ्वा पान्जुम्भोका पूर्व सचिव भगीहाङ नेम्बाङले सन्चालन गरेका थिए ।

 

Leave a Reply

Your email address will not be published.