दमक,३१ असोज । छ दिनअघि देखि दमकबाट हराएका राजेन्द्र गुरुङ्गको खोजीमा सहयोग पुरयाँईदिन उनका परिवारजनसहित हेप्पी नेपाल सुधार गृहले सहयोगका लागि अपिल गरेको छ ।
हेप्पी नेपालसहित उनका परिवारजनले दमक -१ स्थित हेप्पी नेपालकै कार्यालयमा बुधबार पत्रकार सम्मेलन गरि हराएका दमक ५ जागृति टोल (कामक्षा होटल संगैं ) निवासी ५४ बर्षिय राजेन्द्रको खोजीमा सहयोग पुरयाँईदिन सवैसंग आग्रह गरेका हुन् ।
संस्थाका अध्यक्ष कुमार गुरुङ्गका अनुसार विगत २–३ वर्षअघि देखि संस्थामा स्वंयसेवकको रुपमा कार्य गरिआएका राजेन्द्र गत असोज २५ गते दिउँसो हेप्पी नेपालबाट हराएका हुन् । विना जानकारी लापत्ता भएपछि संस्थाले हराएका गुरुङको खोजतलासमा सहयोग पुरयाँईदिन आग्रह गरिएको उनले बताए । शुरुमा अत्यधिक मादक पदार्थ प्रयोगकर्ता रहेका राजेन्द्रलाई हेप्पी नेपालको सुधार गृहमा राखेर कुलत मुक्तभएपछि सोही संस्थामा स्वयसेवक रहेर जिम्मेवारी पूरा गरी आएका संस्थाका महासचिव सुरेन्द्र कुमार श्रेष्ठले जानकारी दिए ।
राजेन्द्रको बहिनी मुनाले दाजु एकाएक हराएपछि खोजतलास गरिएपनि अझैसम्म अत्तोपतो नभएको सुनाईन् । उनले घटना बारे इलाका प्रहरी कार्यालय दमकमा हुलिया गरिएको बताईन् । उनका अनुसार अविवाहित राजेन्द्र पछिल्ला समय मनोरोगबाट पीडित थिए । नियमित औषधी सेवन गरिआएका उनको परिवारसंग राम्रै सम्बन्ध रहेको भएपनि खबर नै नगरि सुधार गृहबाट नैं एकाएक लापत्ता भएपछि आफूहरु चिन्तित भएको बहिनी मुनाले बताईन् । उनले भनिन् , –‘दाजु तपाई वेपत्ता भएको घटनाले हामी अत्यन्त चिन्तित छौं । तपाई जहाँ भएपनि हाम्रो सम्पर्कमा आईदिनुस । तपाईको पर्खाईमा छौं । ’
दाजुको अवस्था के कस्तो छ ? सुधारगृह र घरमा मात्र आउआउ गरिआउने दाजुको लापत्ताले परिवार मात्र नभएर सुधार गृहका हामी सवै नै दुखित हुनुपरेको हेप्पी नेपालका अध्यक्ष गुरुङ बताउँछन् ।
राजेन्द्र गुरुङ्ग