युथ क्लवद्धारा पत्रकारसहित ८ जनालाई सम्मान

दमक ,२९ असोज । दमक युथ क्लवले दुई सञ्चारकर्मीसहित दमकको विभिन्न क्षेत्रमा योगदान पुरयाँउने ८ जनालाई सम्मान गर्ने भएको छ ।वडादशैका अवसरमा बर्सेनी सम्मानसहित दुर्गा पूजा विशेष कार्यक्रम गरिआएको क्लवले यसवर्ष पनि पत्रकारद्धय गिरीराज भटटराई , अनिलदेव राईसहित क्लवका संस्थापक अध्यक्ष पवन अग्रवाललगायतलाई सम्मान गर्ने निर्णय भएको क्लवका अध्यक्ष पारषमणि आचार्यले जानकारी दिए । सम्मान दमक ७ स्थित राधाकृष्ण मन्दिर नजिकैको दुर्गापूजा परिसरस्थलमा प्रदान गरिने छ । यो दुर्गापूजा २३ औं संस्करण हो ।
फूलपातीका दिन क्लवले दुर्गापूजा अन्तर्गत दुर्गा भगवानको मूर्ति अनावरण,सलामीसहित फूलपात्री भित्रयाउने कार्यक्रम रहेको क्लवका सचिव सञ्जित रौनियरले जनाए । यसरी सम्मानित हुनेमा पत्रकारसंगै क्लवका संस्थापक अध्यक्ष, पूर्व खेलाडी केशर वहादुर मगर,खेलाडीहरु विशाल पौडेल, रोशन मगर र श्याम बाँस्कोटा रहेका छन् ।

 

 

Leave a Reply

Your email address will not be published.