आरम्भ कम्प्यूटरले खोल्यो डिजीटल मार्ट

दमक ,३० असोज । दमक- ६ स्थित भिसी मार्केटमा नयाँ व्यवस्थापनका साथ दमकमा स्थापित व्यवसायिक प्रतिष्ठान आरम्भ कम्प्युटरले इलेक्ट्रोनिक्स समानहरु सुपथ मूल्यमा उपलव्ध गराउने उद्देश्यले डिजिटल मार्ट सञ्चालनमा ल्याएको छ ।

विहिबार एक कार्यक्रमका बीच दमक नगरपालिकाकी उपमेयर रेगिना प्रसाई भट्टराईले उद्घाटन गरिन् । विगत १५ बर्षदेखि आरम्भले गुणस्तरिय टिभी,फ्रिज , एसी , वासिङ मेसिन ,ल्यापटप,कम्प्यूटर लगायतका इलेक्ट्रोनिक्स समानहरु उपलव्ध गराउदै आएको छ । उपभोक्ताहरुको मन जित्दै आएको सो व्यवसायिक संस्थाले सवै समानहरु एकै ठाँउमा उपलव्ध गराउन सुविधा सम्पन्न मार्ट सञ्चालनमा ल्याएको सञ्चालक रमेश लुईटेलले बताए ।

सञ्चालक लुटेलका अनुसार उद्घाटनका अवसरमा नेपालीहरु महान चाड तिहारको अवसरमा विशेष छुटको समेत व्यवस्था गरिएको छ ।उदघाटन कार्यक्रममा दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाई ,दमक वडा नं ६ का वडा अध्यक्ष टेकबहादुर थापा , त्रिवेणी कम्पनीका सन्देश संघई ,विभिन्न संघ संस्थाका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published.