खोलामा डुबेर तीन बालिकाको मृत्यु

गौरादह,३० असार । माछा मार्नेे क्रममा डुबेर आज दिउँसो झापाको गौरादहमा दुई दिदीवहिनीसहित तीन बालिकाको मृत्यु भएको छ । गौरादह नगरपालिका–९ स्थित सिस्नेखोलामा माछा मार्ने क्रममा डुवेर स्थानीय अञ्जु मगरका दुई छोरी सात वर्षीया सुष्मा, नौ वर्षीया स्वीकृति र निर्मला परियारकी ११ वर्षीया छोरी रोश्नी परियारको मृत्यु भएको हो ।
उनीहरूको माछा मार्ने क्रममा खोला डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले घटनास्थल पुगिसकेको र थप अनुसन्धान भइरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published.