दमक,२९ असोज । दमक ८ स्थित राष्ट्रिय बहुमुखी सहकारी संस्था आज देखि २५ औ वर्षमा प्रवेश गरेको छ ।संस्थाले आज संक्षिप्त कार्यक्रम गरि स्थापना दिवस मनाएको हो ।संस्थाका अध्यक्ष एलडी राईले स्थापना दिवसका अवसरमा केक काटेर विधिवत रजत वर्षको शुभारम्भ गरेका थिए । उनले संस्थालाई थप गतिशील बनाउन सवै शेयर सदस्यहरुको योगदान आवश्यक भएको औल्याए ।
उनले संस्थाले यसवर्षलाई विशेष रजत बर्षका रुपमा विभिन्न कार्यक्रम गरि मनाउने तयारी गरिएको बताए ।
स्थापना दिवस कार्यक्रममा संस्थाका उपाध्यक्ष कृष्णबहादुर गोलेले संस्थाको विगतदेखि वर्तमान अवस्थाका विषयमा चर्चा गरेका थिए । कार्यक्रममा संस्थाकी सहसचिव फूलसरी राना, सदस्यहरु विष्णु सुब्बा,पारषमणि राई, राजेन्द्र लिम्बू, हरिमाया लिम्बू, लेखा समितिका संयोजक सुरेन्द्र निङलेखु, यमुना भटटराई, व्यवस्थापक लीलाराज तुम्बापो, कर्मचारी, सञ्चारकर्मी, शेयर सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।