बिर्तामोड, ३० असोज । शुभदिपावलीको अवसर पारेर झापाको बिर्तामोडमा संगीतमय ‘झापा महोत्सव–२०७९’ हुने भएको छ । झापा फुटबल क्लबको आयोजनामा बिर्तामोडस्थित डोमालाल रंगशालामा यही कात्तिक ४ र ५ गते ‘झापा महोत्सव–२०७९’ हुने भएको हो । स्थानीयसँगै राष्ट्रिय स्तरका कलाकारले झापाबासीलाई भरपुर मनोरञ्जन दिने आयोजक झापा फुटबल क्लबका अध्यक्ष जलकुमार गुरुङले जानकारी दिए ।
चाडवर्पका बेला झापाबासीलाई सांगीतिक कार्यक्रम रमाउने वातावरण बनाउनुका साथै सी डिभिजन खेलेर बी डिभिजनमा पुगेको क्लबलाई ए डिभिजनका लागि खेल खेल्न आवश्यक रकम जुटाउन समेत महोत्सव आयोजना गर्न लागिएको अध्यक्ष गुरुङ बताए।