दमक ,२९ असोज । दमकबाट प्रकाशित हुदै निष्कर्ष न्यूज साप्ताहिकले दशैतिहार विशेषांक वजारमा ल्याएको छ ।विशेषांक म्यागजिनको आज एक कार्यक्रमका बीच दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले लोकापर्ण गरे । विशेषांक म्यागजिनको लोकापर्ण गदैं नगर प्रमुख थापाले दमकको विकासमा आम सञ्चारमाध्यमहरुवीच सहकार्य आवश्यक भएको औल्याएका थिए । दमकका सवै सञ्चारमाध्यमहरुको विकासमा स्थानीय सरकारले सहयोग पुरयाँउने उनको प्रतिवद्धता थियो ।
पत्रिकाका सम्पादक विष्णु पौडेलले यस विशेषांक दमककै गहना भएको बताएका थिए ।
पत्रकार बिष्णु सुब्बासहित विष्णु पौडेलको सम्पादनमा प्रकाशित बिशेषांक ६४ पृष्ठ छ । बिशेषांक लोकापर्ण समारोहमा दमक २ का पडाअध्यक्ष प्रजापति सापकोटा, समाजवादी प्रेस संगठनका केन्द्रीय सदस्य अनिलदेव राई, नेपाल प्रेस युनियन झापाका अध्यक्ष गिरीराज भटटराई, दमक युथ क्लवका अध्यक्ष पारषमणि आचार्य ,सचिव सञ्जित रौनियर ,पत्रकार श्याम लम्साल लगायतको उपस्थिति रहेको थियो ।