स्वर्णलक्ष्मी शाकोसको साधारणसभामा सम्मान तथा पुरस्कार

दमक ,२८ असोज । दमक- ६ बेलडाँगी रोडमा मुख्य कार्यालय रहेको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले मंगलवार आफ्नो १६ औ वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।
कस्मिक पार्टी प्यालेसमा आयोजित साधारण सभामा उत्कृष्ठ कर्मचारी, उत्कृष्ठ कारोवार गर्ने सदस्य तथा संस्थालाई योगदान पुरयाँएवापत एक जना शेयर सदस्यलाई सम्मान प्रदान गरिएको थियो ।
त्यसैगरि, संस्थाले बर्षेनी साधारणसभाका अवसर पारेर वितरण गर्देआएको सहकारी पत्रकारिता पुरस्कारवाट यसपटक दमकका अग्रज पत्रकार विमल लामिछालाई नगद तथा सम्मानपत्रसहित पुरस्कृत भए । यस्तै, सहकारीको संस्थागत हितका क्षेत्रमा महत्वपूर्ण योगदान पुरयाँएको भन्दै संस्थाका अग्रज तुलसीराम प्रसाईंलाई सम्मान गरिएको थियो ।
यसैगरि, संस्थाले वितरण गर्देआएको विभिन्न पुरस्कारबाट कर्मचारीहरु कमल गड्तौला (फिल्ड उत्कृष्ट), बसन्त भट्टराई (हिरो अफ द स्वर्णलक्ष्मी), निर्मल धिमाल, झलक गौतम, रमेश वोहोरा, आशिष कार्की नगद तथा सम्मानपत्रसहित पुरस्कृत भएका छन् ।
यसैगरी शेयर सदस्यका छोराछोरीमध्येबाट कक्षा १२ मा उच्चतम अंक ल्याउने अनुदिता कोइराला र छात्रतर्फ सौरव सहनीलाई जनही रु ५ हजार नगद तथा सम्मानपत्रसहित पुरस्कृत भएका छन् ।
सभामा संस्थाका अध्यक्ष बुद्धिसागर बरालले संस्थाको बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले विगत वर्षहरुको तुलनामा संख्यात्मक, आर्थिक र गुणात्मक विकास गरेको उल्लेख गरे ।
त्यसैगरि, सभामा संचालक समितिको तर्फबाट पेश गरेको प्रतिबेदन, लेखा सुपरीबेक्षण समितिले पेश गरेको लेखा प्रतिबेदन, बाह्यलेखा परीक्षकको प्रतिबेदन तथा आगामी वर्षको वजेट तथा नीति तथा कार्यक्रम आवश्यक सुझावसहित पारित गरिएको व्यवस्थापक कमल घिमिरेले जनाएका छन् ।

राष्ट्रिय सहकारी महासंघका महासचिव घनश्याम अधिकारीको प्रमुख आतिथ्यतामा भएको सभामा वक्ताहरुले सहकारीविनाको समाज परिकल्पना गर्न नसकिने औल्याए । उनीहरुले देशभर फैलाईएको सहकारीहरुको नकारात्मक प्रचारलाई चिर्न हरेक सहकारी सञ्चालकहरु आफै संयमित र इमान्दर भएर काम गर्न लाग्नु पर्ने जोड दिए ।
कार्यक्रममा प्रमुख अतिथि अधिकारी, दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई प्रसार्ई, मेनेजर्स क्लव झापाका अध्यक्ष खोमप्रसाद बगाले ,दमक उद्योग बाणिज्य संघका अध्यक्ष देवीप्रसाद गुरागाईँ, जिल्ला सहकारी संघ झापाका लेखा सुपरीवेक्षण समितिका संयोजक चुडामणी ओझा, संस्थाका संस्थापक अध्यक्ष बासु काफ्ले, जिल्ला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तुलाराम न्यौपाने, जिल्ला सहकारी संघ झापाका अध्यक्ष प्रेमकुमार कोइराला लगायतले साधारण सभा सफलताको शुभकामना ब्यक्त गरेका थिए ।

अध्यक्षमा पुनः बराल
वार्षिक चुनावी साधारणसभाबाट आगामी कार्यकालका लागि सञ्चालक तथा लेखा समितिका निर्वाचित पदाधिकारी र सदस्यहरुको नामावली घोषणा गरिएको थियो ।
जसअनुसार सञ्चालक समितिको अध्यक्षमा पुनः बुद्धिसागर बराल निर्वाचित भए । बरालको अध्यक्षतामा ९ सदस्यीय सञ्चालक समिति निर्वाचित गरेको हो । वरालको यो दोश्रो कार्यकाल हो ।
यस्तै,सञ्चालक समितिको उपाध्यक्षमा सन्जिब रिमाल, सचिवमा चन्द्रमाया निरौला, कोषाध्यक्षमा प्रेमकुमारी रिजाल निर्विरोध निर्वाचित भए । यसैगरि, सदस्यहरुमा दिनेशकुमार अधिकारी, राजेन्द्र श्रेष्ठ, भिमबहादुर रायमाझी, भरतकुमार ढकाल, गगा पौडेल चयन भएका छन् ।
यस्तै, गायत्रीप्रसाद पराजुलीको संयोजकत्वमा अभिचन्द्र प्रसाईं र शुशिला काफ्ले सदस्य रहेको तीन सदस्यीय लेखा सुपरिवेक्षण समिति समेत निर्विरोध निर्वाचित गरेको हो । निर्वाचन सम्पन्न गर्न सहकारी रजिष्टार कार्यालयका पूर्व रजिष्टार हरिबहादुर खत्रीको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो ।

निर्वाचित सञ्चालक तथा लेखा समिति

Leave a Reply

Your email address will not be published.