सहकारीद्धारा आम्दाका बिरामीहरुलाई फलफुल बितरण

दमक,२९ असोज । दमक -८ स्थित राष्ट्रिय बहुमुखी सहकारी संस्थाले आफनो २५ औ स्थापना दिवसको अवसरमा आज दमकको आम्दा अस्पतालका बिरामीहरुलाई फलफूल वितरण गरेको छ ।
संस्थाले अस्पताल परिषरमा संक्षिप्त कार्यक्रम गरि त्यहाँ उपचाररत ९० जना विरामीहरुलाई फलफूल प्रदान गरिएको हो ।
संस्थाले सामाजिक कार्यक्रम अन्तर्गत आफनो स्थापना दिवसमा विरामीलाई फलफुल बितरण गरिआएको संस्थाको राहत तथा सामाजिक कार्यक्रम उपसमितिका संयोजक पारसमणी राईले बताएका छन् ।
संस्थाका अध्यक्ष एलडी राईको अध्यक्षता तथा आम्दा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.प्रकाश शर्माको प्रमुख आतिथ्यता र संस्थाका पदाधिकारी,सदस्यहरुको उपस्थितिमा फलफूल वितरण गरिएको उनले बताए ।
फलफूल वितरणमा आम्दा अस्पतालका सूचना अधिकारी सुमन नेपाल,कोषाध्यक्ष टंकप्रसाद दुलाल,सदस्यहरु पदम तामाड.,राजन लिम्बू, बासुदेव राई, बिष्णु बिष्णु आङदेम्बे ,हरिमाया कन्द्डवा र उपसमितिकी सदस्य मनु साम्पाड. लगायतको उपस्थिति रहेको थियो ।

 

Leave a Reply

Your email address will not be published.