गठबन्धनका साझा उम्मेद्धार थेबेले थाले चुनावी अभियान

सुरुङ्गा, २९ असोज । झापा क्षेत्रनम्बर ४ का गठबन्धनका उम्मेद्धार देउकुमार थेबेले आफु सत्ता र सांसदको भूमिकामा नहुदाँ समेत सत्तामा रहने भन्दा दोब्बर काम गरेको दावी गरेका छन् । आज गठबन्धन दलको प्रचार प्रसार तथा घरदैलो कार्यक्रमको कनकाईमा उदघाटन गर्दै थेबेले कनकाई ३ को रोडपारिको क्षेत्रमामात्रै आफ्नै पहलमा इलाका प्रहरी कार्यालयको भवनका लागि बजेट परेको सुधिर मार्गको स्तरन्नति र कालोपत्रेका लागि ५० लाख रुपैँया बजेट छुट्टिएको, धनुषकोटी क्षेत्रमा तटबन्धदेखि लिएर छठ पुजाकालागि समेत बजेट विनियोजन गरिदिएको बताए । मैले हार्दा तयतिका रकम विनियोजन गरे भने जित्दा झापा ४ का जनतालाई केपीजीले दमकमा त्यहाँका जनतालाई गरेको विकास भन्दा चार दोब्बर काम गरेर देखाउँछु । म हार्दा पनि जित्दा पनि तपाईहरुकै गाउँघरमा भेटिनेछु यो मेरो वाचाभयो थेबेले भने । थेबेले कनकाई ३ सुरुङ्गास्थित पाथिभरा देविको मन्दिरमा वाचा गर्दै आफ्नो घोषणापत्र प्रस्तुत गरेका थिए । थेबेले आफुले नजित्दा समेत गरेका विकासको फेरिहस्त प्रस्तुत गर्दै जिताउँदा विकासको मुहान फुटाउने प्रतिवद्धता जनाए । आफुलाई यस क्षेत्रमा वाढी आउँदा र घाँम लाग्दा सन्काहखोलाको रुप कस्तो हुन्छ भन्ने कुराको राम्रो व्यावहारिक ज्ञान भएको भन्दै मतदान गर्न उनले आग्रह गरे ।
संचारकर्मी मनोज बस्नेतले संचालन गरेको कार्यक्रममा झापा क्षेत्र नम्बर ४ को प्रदेश सभाका उम्मेद्धार एकराज उप्रेती, स्थानीयवासीको तर्फबाट विज्ञान संग्रौलालगायातले आआफ्नो धारणा राखेका थिए । कार्यक्रममा कांग्रेस नगर सभापति दुर्गा प्रसाई, माओवादी कनकाई नगर अध्यक्ष यामनाथ सेडाई, नेकपाएसका कनकाई नगर अध्यक्ष प्रतिक राजवंशी , संयुक्त प्रचार समितिका संयोजक जयनारायण शाह लगायातको कार्यक्रममा आतिथ्यता रहेको थियो । कार्यक्रमको सभापतित्व कांग्रेसका कनकाई २ का सभापति बुद्धिमान बोहोराले गरेका थिए ।
गठबन्धन दलको तर्फबाट १ र २ नम्बर वार्डमा शनिवार र आइतवार घरदैलो अभियान जारी रहने प्रचार समितिका सदस्य मनोज बस्नेतले बताए । आजनै गठबन्धन दलले कनकाई १ र २ का आधादर्जन स्थानमा कोषसभाको आयोजना गरेको छ ।

Leave a Reply

Your email address will not be published.