विपन्न परिवारलाई सेतुमारी युवा समाजको राहत

दमक , २९ असोज । दमक- १० मा रहेको सेतुमारी युवा समाजले सेतुमारी र जदाहाका गरि विपन्न ६ घर परिवारलाई खाधन्न सामाग्री वितरण गरेको छ ।
समाजले विहिबार एक कार्यक्रमको आयोजना गरेर सो सामाग्री वितरण गरेको हो । समाजले बिपन्न परिवारलाई पनि महान चाड वडादशै मनाउन सहज होस भन्ने उद्देश्यले प्रतिपरिवार २५ किलो चामल, २ किलो चिउरा, २ किलो दाल, एक किलो मटर, १ किलो चना, एक लिटर खानेतेल र ३ थान लुगा धुने साबुन वितरण गरिएको समाजका अध्यक्ष शिव धिमालले जानकारी दिए ।

राहत पाउनेमा स्थानीय चिनीमाया कार्की, दीलमाया बिक राज राई, ज्ञानु बहादुर धिमाल, गणेश धिमाल र नरमाया खड्का रहेका छन् । समाजले स्थानीय स्तरमा विभिन्न सामाजिक कार्यहरु गरिआएको छ ।

Leave a Reply

Your email address will not be published.