दमक,२८ असोज । जेनजी समूहको आन्दोलनबाट देशमा नयाँ परिस्थति निर्माण भएकाले अव सवै नेपाली जनता एकजुट भएर अघि बढ्नु पर्ने दमकमा आयोजित कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् ।
दमकमा मंगलवार आयोजित सर्वपक्षीय अन्तरकृयामा बोल्दै नागरिक समाजका अगुवाहरुले जेनजीको आन्दोलनबाट राजनीतिक दलहरुले आफूलाई रुपान्तरण गरि अघि बढ्नु पर्ने जोड दिए । देश निर्माणमा एक अर्कालाई दोष देखाएर भन्दा पनि संबाद र सहकार्यको माध्यमबाट देशलाई समृद्धि तर्फ लैजानु पर्ने उनीहरुको जोड थियो ।
वक्ताहरुले राजनैतिक नेतृत्वको अदुरदर्षिताका कारण नागरिकमा पैmलिएको असन्तुष्टि तथा नेपालमा शान्ति नचाहने तत्वले खेलेका कारण जेनजी आन्दोलनका क्रममा मुलुकले ठुलो क्षति भोग्नु परेको औल्याए ।
दमक नगरपालिकाकी उप प्रमुख रेगिना भट्टराईले आन्दोलनका आडमा ठुलो बिध्वंसमा परि दमकमा ठुलो क्षति भएकाले अव पुनर्निर्माणमा जुट्नु अहिलेको आवश्यकता भएको बताइन् । उनले भनिन् , –‘एक अर्कालाई दोषारोपण गरेर बस्ने भन्दा पनि अहिलेको निकासका लागी सहकार्य जरुरी छ, यसतर्फ हामी सवैको ध्यान जानुपर्छ । ’
नेपाली कांग्रेस कोशी प्रदेश समितिकी सदस्य तथा सहकारी अगुवा चन्द्र खड्का भट्टराईले दलहरुले मुलुकको बिकास गरे पनि नागरिकले शुसाशनको अनुभुति नगरेका कारण देश र देशबासीले नराम्ररी पीडा सहनु पर्ने अवस्था आएको दावी गरिन् ।
तर आन्दोलनले लक्ष्य प्राप्त गरेपनि त्यो आन्दोलन कति सार्थकता थियो भनेर गर्व गर्न सकिने विल्कुल नभएको उनको भनाई थियो ।
नेकपा एमाले कोशी प्रदेश कमिटीका सदस्य अम्बिका खनालले लामो समय देखि नेपालनै ध्वस्त बनाउने गरि बनाईएको योजना अनुसार नागरिकको असन्तुष्टिमा घुसपैठ गराईएको बताइन् ।
बिगतमा दलहरुलाई भोट दिने नागरिकहरु समेत अहिले दलहरुको पक्षमा नरहेको भन्दै उनले राजनैतिक दलहरुमा समेत सुधारको आवश्यकता रहेको उल्लेख गरिन् ।
नेकपा माओवादी केन्द्रका कोशी प्रदेश कोषाध्यक्ष गगन पुरीले गत भदौ २३ र २४ गतेका दिनका घटनालाई निष्पक्ष छानवीन हुनुपर्ने जोड दिए। भदौं २३ गते निर्दोष बालबालिकामाथि बर्बर हत्या भएकाले त्यसको निष्पक्ष छानबिन हुनुपर्ने जोड दिदै उनले २४ गते नीजि र सरकारी सम्पत्ति ध्वस्त पार्ने किसिमका आन्दोलनको छानवीन गरिनु पर्ने र अपराध गर्नेहरुलाई कानुनको दायरामा ल्याउनै पर्ने औल्याए ।
त्यसैगरी मानव अधिकारबादी नेता डा. केपी सुवेदीले भौतिक बिकास भए पनि शुसाशन नहुँदा नागरिकमा पैmलिएको आक्रोसलाई बिदेशी शक्तिले खेल्ने मौका पाएको भन्दै अब पनि मुलुकबासी एक नभए अझ देश अन्धकारतर्फ धकेलिन सक्ने विचार राखे ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी उपशाखा दमकका सभापति प्रकाश बुढाथोकी, दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोपाल गुरागाईं, नेपाली कांग्रेस दमक नगर सभापति प्रकाश प्रसाईं, नेकपा एमाले निकट अखिल नेपाल महिला संघ झापाकी जिल्ला अध्यक्ष लिला ढुंगेल दाहाल, ईलाका प्रशासन कार्यालय दमक, आन्तरिक राजस्व कार्यालय , ईलाका प्रहरी कार्यालय दमकका प्रतिनिधि लगायतले जेनजी आन्दोलनको मर्म अनुसार अव राजनीतिक दल मात्र नभई सिंगो समाज, देश रुपान्तरण गर्न लाग्नु पर्ने औल्याएका थिए ।उपप्रमुख भटटराईले आयोजना गरेकी सो सर्वपक्षीय छलफलमा स्थानीय क्षेत्रमा क्रियाशील राजनीतिक दल, उद्योगी व्यवसायी, सामाजिक संघसंस्थाका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो ।