दमक, २८ असोज । विदेशमा पढ्न जाने विद्यार्थीका लागि शैक्षिक परामर्श प्रदान गर्दै आएको एक्सपर्ट एजुकेसन एन्ड भिसा सर्भिसेजले दमकमा आजदेखि आफनो नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
दमक-५ स्थित गोरखा डिपार्टमेन्टल स्टोर नजिक स्थापना गरिएको एक्सपर्ट दमक शाखाको दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराईले उद्घाटन गरिन् ।
यससंगै एक्सपर्टका मुलुकभित्र १९ वटा गरी कूल ६२ वटा शाखा सञ्चालनमा आएका छन् ।एक्सपर्टको विर्तामोड शाखा भने आजकै दिन नौ वर्ष अघि स्थापना भएको थियो ।
अष्ट्रेलियाको सिड्नीमा मुख्य कार्यालय रहेको एक्सपर्टले अष्ट्रेलियालगायतका देशमा अध्ययनका लागि जाने बिद्यार्थीहरुलाई परामर्श र भिषाका लागि प्रक्रियामा सहजीकरण गर्दै आएको एक्सपर्टका नेपाल निर्देशक खेम संग्रौलाले बताए । झापाको माई पश्चिमका बिद्यार्थीलाई सहज बनाउने उद्धेश्यले शाखा सञ्चालनमा ल्याइएको उनले बताए ।
एक्सपर्टका निर्देशक संग्रौलाले विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीलाई सही र इमानदार परामर्श दिनु एक्सपर्टको विशेषता भएको उल्लेख गरे । उनले सामाजिक उत्तरदायित्व वहन गर्ने क्रममा एक्सपर्ट फाउन्डेसनमार्फत शिक्षा, स्वास्थ्य र विपद्को क्षेत्रमा करोडौं सहयोग पुर्याउदै आएको जानकारी दिए ।
उद्घाटन अवसरमा बोल्दै दमककी उपप्रमुख भट्टराईले विश्व नै एउटा गाउँमा परिणत भइरहेको आजको सन्दर्भमा विदेशमा पढ्न जाने लहर चलेको जनाउँदै सेवा व्यवसायमा एक्सपर्ट अब्बल भएको बताएकी थिइन् ।
उद्घाटन कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका झापा अध्यक्ष केशव ओझा, अभिभावक दिलीप संग्रौला, लक्ष्मी संग्रौला, आस्था कलेजका प्रिन्सिपल टेकनाथ भण्डारी, दमक ५ का वडाअध्यक्ष इन्द्र गुरुङ लगायतले मन्तब्य ब्यक्त गर्दै एक्सपर्टको सफलताको कामना गरेका थिए । अस्ट्रेलिया जाने विद्यार्थीलाई लामो समयदेखि शैक्षिक परामर्श दिदै आएको एक्सपर्टले हाल अमेरिका, यूरोप र अन्य मुलुकमा समेत पढ्न जानका लागि परामर्श तथा भिसा सर्भिस उपलब्ध गराउँदै आएको एक्सपर्टका दमक शाखा प्रबन्धक एकादेव अधिकारीले बताए।