दमक, २९ असोज । पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको शिवसताक्षीमा आज साँझ भएको सवारी दुर्घटनामा परेर स्थानीय एक युवकको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को २ च १४९५ नम्बरको भ्यानको ठक्करबाट मे ६ प १३९२ नम्बरको मोटरसाइकलमा सवार झापा,शिवसताक्षी नगरपालिका वडा नम्बर ९ बस्ने दिप्सन राईको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, झापाले जनाएको छ । ठक्करबाट गंभीर घाईते राईको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । प्रहरीले दुर्घटनामा संलग्न भ्यान र त्यसका चालकलाई नियन्त्रणमा लिई अनुसन्धान शुरु गरिएको जनाएको छ ।