अन्तर रोटरी क्लव ब्याडमिण्टनको उपाधि बिर्तामोडलाई

दमक ,२७ असोज । रोटरी क्लव अफ बिर्तामोडले दमकमा आयोजित प्रथम रिजन ७ बाईज इन्टर रोटरी क्लव ब्याडमिण्टन प्रतियोगिताको उपाधि जितेको छ ।रोटरी क्लव अफ दमकको आयोजना तथा दमक वडा नं ८ को सह आयोजनामा शुक्रबार सम्पन्न फाइनल खेलमा भद्रपुर रोटरी क्लवलाई सोझो सेटमा हराउँदै बिर्तामोडले उपाधि जित्न सफल भएको हो ।
प्रदेशका कुल १४ वटा रोटरी क्लवहरुले भाग लिएको प्रतियोगिताको फाईनलमा बिर्तामोडका तर्फबाट शैलेन्द्र कुरुङ्गवाङ र कुमार बाबु गिरीले खेलेका थिए भने भद्रपुरको टिममा आदित्य पराजुली र दिपेश ढकाल सहभागि थिए ।
दमक- ८ स्थित प्रेम पाण्डेले आफ्नै घरको भित्र निर्माण गरेको कवर्ड हलमा सम्पन्न भएको प्रतियोगतामा बिजेता बिर्तामोडले नगद १५ हजार रुपैया सहित मेडल, ट्रफि र प्रमाणपत्र प्राप्त गर्यो भने उप बिजेता बनेको भद्रपुर रोटरीले नगद १० हजार, मेडल र प्रमाणपत्र प्राप्त गरेको थियो ।
पुरस्कार तथा प्रमाणपत्र दमक नगरपालिकाका प्रमुख राम कुमार थापा, आयोजक क्लवका अध्यक्ष पदम बरालसहितले वितरण गरेका थिए ।

Leave a Reply

Your email address will not be published.