झापामा सयपत्री फूलको माग बढ्यो

झापा ,२८ असोज । फूलहरूको पर्वका रूपमा रहेको नेपालीहरूको दोस्रो ठूलो चागाइदिनेड तिहार नजिकिएसँगै सयपत्री फूलको माग बढ्न थालेको छ । तिहारमा लक्ष्मी पुज्न, घर सजाउन र दाजुभाइलाई लगाउनका साथै जिल्लामा हुने हरेक कार्यक्रममा अतिथिलाई सयपत्री फूलको माला ला प्रचलन सुरु भएसँगै माग बढेको हो ।

विर्तामोड नगरपालिका–७ का फूल किसान विवेक साहले तिहारका लागि दैनिकजसो माग गर्नेको सङ्ख्या बढिरहेको बताए । उनले भिनाजु दीपक साहसँगको समन्वयमा दुई बिघा जमिन भाडामा लिएर फूलको व्यावसायिक खेती गर्दै आएका छन् । सयपत्री फूलको ८० हजार बिरुवा रोपेका साहले हाल दैनिक ३०० माला बिक्री गर्दै आएको बताए । उनले फूल टिप्ने र माला बनाउने काममा स्थानीयलाई रोजगारी प्रदान गरिआएका छन् ।

“तिहारका लागि धमाधम माग आइरहेको छ ”, साहले भने, “गत हप्ता आएको अविरल वर्षाले करिब १० हजार माला हुने फूल नष्ट ग¥यो । मागअनुसार पु¥याउन सक्छु कि सक्दिन चिन्ता थपिएको छ ।” उनको ढकमक्क फूलेको फूल टिप्न नपाउँदै पानीले नष्ट गरिदिएको थियोे ।
उनले हाल दैनिक दुईदेखि ३०० माला बिक्रीका लागि विर्तामोड, दमक र विराटनगरका व्यापारीलाई पढाउँदै आएको बताए । उनको फूलबारीमा टिकटक बनाउने र भिडियो खिच्ने स्थानीयवासीको भीड लाग्ने गरेको छ ।

साहले प्रतिमाला रु ५० का दरले बिक्री गर्दै आएको जानकारी दिए । हालसम्मको मूल्य रु ५० भए तोकिए पनि तिहारमा अवस्था हरेर मूल्य कायम गरिने उनको भनाइ छ । “हेर्दै रहर लाग्ने गरी फूल फुलेको छ”, उनले भने, “बाढीले क्षति गरे पनि लगानी उठाउन सक्छु कि भन्ने आँट छ ।”
उनका अनुसार एकपटक लगाएको सयपत्री फूल तीन पटकसम्म टिप्न मिल्छ । एकपटकको टिपाइबाट २० हजार बढी माला हुने बताउदै उनले यो तिहारमा एक लाख माला हुने फूल उत्पादन गरेर बिक्री गर्ने लक्ष्य राखेको सुनाए । तर पानीका कारण कतै फूल उत्पान पो राम्रो नहाmो की भन्ने चिन्ता लागेको उनको भनाई छ ।
पहिलोपटक फूलखेती गरेका साहले भने, “फूल फलाउनु मात्र पर्दोरहेछ, ग्राहकको अभाव नहुने रहेछ । यसपटकबाट पाठ सिकेर आगामी दिनमा अझ व्यवस्थित गरेर थप खेती बढाउँछौँ ।”

यसैगरी, विर्तामोड नगरपालिका–९ मा सुष्मा पौडेलले पनि सात कठ्ठा जमिनमा सयपत्री फूलको खेती गरेकी छन् । केही फूल दसैँमा बिक्री गरिसकेको बताउदै उनले पछिल्ला समय वर्षाका कारण बारीमा ढकमक्क फूलेको सयपत्रीमा पनि क्षति पुगेको गुनासो गरिन् ।
“तिहारका लागि साचेर राखेको करिब रु दुई लाख ५० हजारको फूल पानीका कारण नष्ट भयो”, पौडेलले भनिन् , “धेरै माग आएको थियो अब पु¥याउन सक्ने स्थिति छैन ।” उनले पछिल्लो समय हरेक कार्यक्रममा खादाको सट्टा सयपत्री फूलको मालाको प्रयोग बढेसँगै माग बढेको बताउँछिन् ।
उनले विगत पाँच वर्षदेखि व्यावसायिक रुपमा फूलखेती गर्दै आएकी छन् । जिल्लाको विर्तामोड, बाहुनडाँगी, गौरादहलगायत स्थानमा सयपत्री फूलको व्यावसायिक खेती हुन थालेको छ ।

Leave a Reply

Your email address will not be published.