दमक, २८ असोज । इलाम फाकफोकथुम गाउँपालिका वडा न.७ निवासी क्यान्सर रोगले थलिएका मानबहादुर योङहाङ लिम्बूलाई शुक्रवार रू ९७ हजार ८ सय ९७ रूपैयाँ नगद आर्थिक सहयोग प्रदान गरिएको छ ।
किरात याक्थुङ चुम्लुङ दमक नगर कार्य समितिको सभाकक्षमा आज एक संक्षिप्त कार्यक्रम गरि कियाचु अष्ट्रेलियाबाट प्राप्त उक्त सहयोग विरामीका परिवारलाई हस्तान्तरण गरिएको हो ।
सहयोग रकम राष्ट्रिय चुम्लुङ सदस्य गुमानसिं सम्बाहाङफे, कियाचु जिल्ला अध्यक्ष सेसेहाङ फियाक र नगर अध्यक्ष देवेन्द्र मावोहाङ चेम्जोङले संयुक्त रूपमा विरामीका छोरा मेरिङ योङहाङलाई हस्तान्तरण गरेका थिए ।
किरात याक्थुङ चुम्लुङ इलाम शाखाको विशेष अनुरोध र कियाचु संघीय कार्यालयको सिफारिसमा किरात याक्थुङ चुम्लुङ प्रवास समिति अष्ट्रेलियाले क्यान्सर रोगी लिम्बुको स्वास्थ्य उपचारका लागि सङकलन गरि पठाएको चुम्लुङ दमक नगर अध्यक्ष देवेन्द्र चेम्जोङले जानकारी दिए ।
६८ वर्षिय लिम्बुको घाँटीको क्यान्सर देखिएको र अहिले भक्तपुर क्यान्सर अस्पतालमा ७ महिनादेखि उपचारत रहेको छोरा मेरिङले बताए ।
यसैवीच पीडित परिवारले क्यान्सर रोगी लिम्बूको उपचार गर्न आर्थिक स्रोत नहुदाँ समस्या व्यहोर्नु परेको भन्दै मनकारीहरुसंग सहयोगका लागि अपिल गरिआएको छोरा मेरिङले बताएका छन् ।