पाण्डे कांग्रेस झापाको कार्यबाहक सभापति

विर्तामोड,२८ असोज । नेपाली कांग्रेस झापाको शुक्रवार सम्पन्न बैठकले उपसभापति केशवराज पाण्डेलाई कार्यबाहक सभापतिको जिम्मेवारी तोकेको छ ।
नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेको सभापतित्वमा सम्पन्न पदाधिकारीको बैठकले आसन्न निर्वाचनसम्मका लागि पाण्डेलाई कार्यबाहक सभापतिको जिम्मेवारी तोकेको हो । सभापति थेवे झापा क्षेत्र नं–४ बाट प्रतिनिधिसभा सदस्यको उम्मेद्वार बनेपछि पाण्डेलाई कार्यबाहक दिइएको हो ।
नेविसंघको १ नं क्षेत्रीय समिति सदस्य भई नेपाली कांग्रेसको राजनीतिमा सक्रिय भएका पाण्डे कनकाई क्याम्पस विर्तामोडको स्ववियु सभापति, नेविसंघको जिल्ला पदाधिकारीको जिम्मेवारी संहालेपश्चात पार्टीको मूल राजनीतिमा क्रियाशिल छन् ।
नेपाली कांग्रेस तत्कालीन ३ नम्बर क्षेत्रीय समितिको सदस्य हुँदै पार्टीको १० औं महाधिवेशनबाट दुई कार्यकाल जिल्ला सदस्य, १३ औं महाधिवेशनमा जिल्ला कोषाध्यक्ष बनेका पाण्डे गत मंसिरमा सम्पन्न पार्टीको १४ औं महाधिवेशनबाट उपसभापतिमा अत्यधिक मतसहित विजयी भएका थिए ।

Leave a Reply

Your email address will not be published.