दमक, २८ असोज । दमक चौंकमा एउटा डिभी भर्ने संस्थाले डिभी भर्न आउने सर्वसाधारणलाई आर्कषित गर्न चर्को कोलाहल मच्याउदै आएको पाईएको छ ।
आकासेपुल नजिकै रहेको क्रिमशन एकाडेमीले दिनभरि चर्को ध्वनी बनाउदै डिभी फर्म भरिआउदाँ स्थानीयले सास्ती खेप्नु परेको गुनासो गरेका छन् ।
सडक किनारमा पाल टाँगेर बाजागाजासहित डिभी भर्न संकलन काउण्टर राखेपछि सडक आउतजाउत प्रभावित हुदैआएको छ । विहानदेखि साँझसम्म सडकमा वाजागाजा बजाएर हैरान वनाएको स्थानीयको भनाई छ ।
डिभी भरिआएको संस्थालाई चर्को ध्वनी गर्नु हुन्छ ,हुदैन भन्ने रत्तिभर चासो देखिन्न । सडकमा नै काउण्टर राखेर कहिलेसम्म डिभीको नाममा हल्लाखल्ला गर्ने ? भन्ने बारे जिज्ञासा राख्दा त्यहाँका एक जना कर्मचारीले डिभी समयावधिसम्म यसरीनै सेवा दिने बताए ।
स्थानीय एक व्यवसायीले सवै डिभी भर्नेले यसरीनै वाजागाजा गरेर डिभी भर्न थालेभने कस्तो अवस्था आउँछ भन्ने हेक्का राख्नुपर्ने सुझाव दिन्छन् । डिभी भर्न आउनेले आफै खोजी खोजी आउने हुदाँ त्यस्ता ध्वनी बजाएर सर्वसाधारणलाई आर्कषित गर्न ठिक नहुने उनको भनाई छ ।
दमक नगरपालिकाले पटक पटक सूचना निकालेर सडक अतिक्रमण नगर्न तथा ध्वनी प्रदुर्षण गरेर कुनैपनि व्यापार, व्यवसाय नगर्न आग्रह गरिआएपनि डिभी भर्ने संस्थाले सूचनाको बर्खिलाप गरिआएका छन् ।