झापा- ११ लाई हराउदैं भोजपुर सेमिफाइनलमा प्रवेश

मोरङ,२७ असोज । मोरङको बेलबारी ११, लक्ष्मीमार्गमा जारि आठौं बेलबारी आरजु राईस मेजर स्वर्गिय एनबि रुङ‌‌माहाङ अन्तराष्ट्रिय आमन्त्रण रनिङ गोल्डकपको दोश्रो क्वाटर फाईनल खेलमा झापा -११ लाई पराजित गर्दै भोजपुर सेमिफाइनलमा प्रवेश गरेको छ । आज सोमबार भएको खेलमा झापा ११ लाई ४ का विरुद्ध ५ गोल अन्तरले भोजपुर विजयी भएको हो ।

खेल १- १ को बराबरीमा स्थितिमा ट्राईब्रेकरबाट खेलको निर्णय लिनु परेको थियो । ट्राईबेकरमा भोजपुरको तर्फबाट विबेक राई, धिरेन क्षेत्री, विवेक राई (बि) , मिसाज लिम्बू र सुजन चौधरीले गोल गरे । त्यस्तै झापा ११ बाट मुसा कामाकाट, एरोन थापा मगर, पेमा तामाङ, सुमन थापाले गरे भने सिमान्त थापामगरको गोल गोलरक्षकले बचाउ गरेका थिए ।

खेलको ३९ ओै मिनेटमा फ्रि किक पाएको मौकाको सदुपयोग गर्दै झापा ११ का एरोन थापामगरले गोल गर्दै टिमलाई अग्रता दिलाए । मध्यान्तर पछिको ४० ओै मिनेटमा भोजपुरका जर्सि नम्बर १७ का मिलन लिम्बुले गोल गर्दै टिमलाई बराबरीको स्थितिमा पुर्याएका थिए । खेलको २१ औ मिनेटमा झापा ११ का जर्सी नम्बर १० का खेलाडी एरोन थापा मगरले प्रहार गरेको बललाई भोजपुरका गोल रक्षक समीर क्षेत्रीले पन्च गरेर बचाएका थिए । त्यसैगरी १९ ओै मिनेटमा भोजपुरका जर्सी नम्बर १७ का मिलन लिम्बुको सशक्त प्रहार गोलकिपरले मुस्किलले बचाएका थिए । त्यस्तै भोजपुरले २६ ओै मिनेटमा पाएको फ्रि किकलाई जर्सि नम्बर ११ का विनोद राईले शसक्त प्रहार गरेपनि गोल हुन सकेन ।
झापा ११ फुटबल क्लब, बिर्तामोड यसअन्तराष्ट्रिय आमन्त्रण रनिङ गोल्डकपको गत बर्षको विजेता टोली हो ।खेलको म्यान अफ द म्याच भोजपुरका जर्सि नम्बर २० का गोलरक्षक समीर क्षेत्री घोषित भए । उनले नगद ७ हजार रुपैया प्राप्त गरे ।

आजको खेलमा कोशी प्रदेश सदस्य मानबहादुर लिम्बूको प्रमुख आतिथ्यता रहेको थियो । स्थानीय प्रस्तावित रङ्गशाला लक्ष्मी खेल मैदानमा भईरहेको प्रतियोगितामा नेपाल र भारतका गरी जम्मा आठ टोलीको सहभागिता रहेको आयोजक एल एक्स सिटी फुटबल क्लबका अध्यक्ष विक्रम राईले जानकारी दिए । भोलीको खेल रारा फुटबल क्लब, राजारानि, धनकुटा र बि डिभिजन लिग च्याम्पियन प्लानिङ ब्वाईज युनाईटेड क्लब बिच हुनेछ ।
बेलबारी नगरपालिका मुख्य सहयोगी, आरजु राईस मिल मुख्य प्रायोजन रहेको प्रतियोगिताको विजेता टोलीले नगद आठ लाख र उपविजेता टोलीले नगद चार लाख रूपैयाँ पुरस्कार प्राप्त गर्ने क्लबका महासचिव शम्भु बस्नेतले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.