दमक, २७ असोज । नेकपा एमाले झापाले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा पार्टी विरोधी गतिविधि गरेको भन्दै ३ जना कार्यकर्तालाई कारवाही गरेको छ ।
निर्वाचन क्षेत्रहरुमा पार्टी निर्णयको बर्खिलाप हुने गरी स्वतन्त्र उम्मेदवारी दिने अन्य पार्टीको चुनाव चिन्हबाट उम्मेदवार बन्ने सम्मका पार्टी विरोधी गतिविधि गर्ने कार्यकर्तालाई साधारण सदस्य पनि नरहने गरि एमालेद्धारा कारवाही गरेको विज्ञप्तिमा उल्लेख छ ।
कारबाहीमा पर्नेहरुमा पार्टी विरोधी गतिविधि गर्ने झापा अर्जुनधाराका हरिकुमार राना, शिवसताक्षीका होमप्रसाद गौतम र पार्टी जिल्ला कमिटीका सचिवालय सदस्य डम्बर गिरीलाई साधारण सदस्यसमेत नरहने गरी निश्कासन गरिएको एमाले झापा अध्यक्ष दिपक कार्कीबाट हस्ताक्षरित विज्ञप्तीमा उल्लेख गरेको छ ।
पार्टी निर्णयको विरुद्धमा प्रत्यक्ष परोक्ष गतिविधिमा संलग्न जो कोही नेता कार्यकर्ताहरुको पहिचान गरी तत्काल कारवाही गरिने विज्ञप्ति उल्लेख छ ।
पार्टीले अघि सारेका र समर्थन गरेका उम्मेदवारहरुलाई जिताउन आ–आफ्नो ठाउँबाट सक्रिय भूमिका खेल्न पार्टीका जिम्मेवार नेता कार्यकर्ता सवैलाई जिल्ला अध्यक्ष कार्कीले निर्देशन दिएका छन् ।